तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु | Khabarhub Khabarhub

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै गर्दाको सीसीटीभी फूटेज बाहिरिएको छ।

यो बस तनहुँको आँबु खैरेनी गाउँपालिका-२ स्थित ऐन पहराको पार्किङबाट निकाल्ने क्रममा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमा २ जनाको अवस्था गम्भीर छ ।

गोरखाबाट चितवनको नारायणगढ गइरहेको ग२ख१०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दीनजिकै ऐना पहरा भिरबाट खसेको तनहुँ प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरीका अनुसार घुम्न हिँडेका यात्रु बोकेर निस्किएको बस आरामका लागि रोकिएको थियो । रिफ्रेस गराएर स्टार्ट गर्दा बस ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको हो ।

सार्वजनिक भएको सीसीटीभी फुटेजमा उक्त बसलाई चालकले पार्किङबाट ब्याक गराइरहेको देख्न सकिन्छ । चालकले ब्याक गराउँदा नियन्त्रण गुमेर बस भिरमा खसेको बयान प्रहरीलाई दिएका छन् ।

उक्त सीसीटीभी फुटेजअनुसार बस ब्याक गरेको १० सेकेन्डमै सडकबाट सिधै तल गएर बजारिएको छ। बसले उकालो ठाउँमा रहेको पार्किङ छाडेर ओरालोतर्फ सडक छुनेबित्तिकै तीव्र गतिमा पछाडि सरेको थियो ।

सीसीटीभी फुटेजअनुसार ब्रेक फेल भएको थाहा पाएपछि यात्रु हामफालेको देख्न सकिन्छ । बस ब्याक गर्दा ब्रेक नलागेपछि थाहा पाएका यात्रुहरू ढोकाबाट सडकमा हुत्तिँदै हामफालिरहेका सीसीटीभीमा देखिएको छ । यसरी हामफाल्नेमा धेरै महिला छन् । सीसीटीभी फुटेजअनुसार ८ जना यात्रुले त्यसरी हामफालेका थिए ।

बस दुर्घटनास्थलमा भेटिएका ५ जनासहित कम्तीमा १३ यात्रु गोरखाबाट नारायणघाट गइरहेको अनुमान गरिएको छ।

बसको अगाडिको भाग भासिएको अवस्थामा भिरमा अड्किएपछि क्रेनले तानेर निकालिएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पार्किङमा राखेर झिक्ने क्रममा ब्याक गर्दा बसको ब्रेक फेल भएर खसेको हो । नियन्त्रणमा लिइएका चालकले पनि बस दुर्घटनाको कारण ब्रेक फेल भनेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ४५ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ