अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’ « Khabarhub

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ ।

हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन् ।

वनस्पतिबारे जानकार कमल मादेनका अनुसार हाम्रो देशमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजातिको मानिन्छ ।

यो प्रजातिको गुराँस तीन मिटर अग्लोसम्म हुन्छ । डढेलोको कारण यो दुर्लभ प्रजाति मासिँदै गएकामा मादेन चिन्तित छन् ।

अन्नपूर्ण पदमार्गमा गुराँस प्रजातिको रातो, गुलाबीका साथै सेतो र बैजनी रङका फूल पनि पाइन्छन् । तिनको संरक्षणमा सम्बद्ध निकाय संवेदनशील हुनुपर्नेमा उनको जोड छ । (रासस)

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ८ : ५७ बजे

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा