एमाले विधान महाधिवेशनको तयारी : आज च्यासलमा पत्रकार सम्मेलन « Khabarhub

एमाले विधान महाधिवेशनको तयारी : आज च्यासलमा पत्रकार सम्मेलन


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विधान महाधिवेशनको तयारीको विषयमा जानकारी दिन नेकपा (एमाले)ले बुधबार पत्रकार सम्मेलन गर्दैछ ।

पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार बुधबार दिउँसो २ बजे पत्रकार सम्मेल हुन लागेको हो । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेललगायत शीर्ष नेता उपस्थित हुनेछन्।

एमालेले दोस्रो विधान महाधिवेशन भदौ २०–२२ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा गर्दैछ ।

विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन बुधबार पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

विधान महाधिवेशन तयारीका लागि एमाले सचिवालय बैठक भने बिहीबार बस्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबार चीनबाट स्वदेश फर्किने भएपछि सचिवालय बैठक बिहीबारका लागि तोकिएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको हो ।

गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ९ : ५३ बजे

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार