एमाले विधान महाधिवेशनको तयारी : आज च्यासलमा पत्रकार सम्मेलन « Khabarhub

एमाले विधान महाधिवेशनको तयारी : आज च्यासलमा पत्रकार सम्मेलन


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विधान महाधिवेशनको तयारीको विषयमा जानकारी दिन नेकपा (एमाले)ले बुधबार पत्रकार सम्मेलन गर्दैछ ।

पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार बुधबार दिउँसो २ बजे पत्रकार सम्मेल हुन लागेको हो । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेललगायत शीर्ष नेता उपस्थित हुनेछन्।

एमालेले दोस्रो विधान महाधिवेशन भदौ २०–२२ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा गर्दैछ ।

विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन बुधबार पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

विधान महाधिवेशन तयारीका लागि एमाले सचिवालय बैठक भने बिहीबार बस्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबार चीनबाट स्वदेश फर्किने भएपछि सचिवालय बैठक बिहीबारका लागि तोकिएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको हो ।

गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ९ : ५३ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक