पाकिस्तानको क्वेटामा बम विस्फोट, १३ जनाको मृत्यु, ३१ घाइते « Khabarhub

पाकिस्तानको क्वेटामा बम विस्फोट, १३ जनाको मृत्यु, ३१ घाइते


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको क्वेटामा बम विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ । बलोचिस्तान नेशनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विस्फोटमा ३१ जना घाइते भएका छन् ।

विस्फोटमा घाइते भएका जमान बलोचले बीबीसीसँग बैठक सकिएपछि बैठक स्थल नजिकै साथीलाई कुरिरहेको अवस्थामा अचानक विष्फोट भएको बताएका छन् ।

बलोचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलोचले विस्फोट नवाब नियाज जेहरीको सवारी साधन नजिकै भएको बताए । उनका अनुसार विस्फोटमा केही सुरक्षाकर्मी पनि मारिएका छन् ।

राज्य सरकारले घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । बलोचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगतीले आतंकवादी समूहको लक्ष्यलाई कुनै पनि मूल्यमा सफल हुन नदिने बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ११ : ५५ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान