विद्यार्थीमैत्री विधेयक बनाउन एमालेलाई ध्यानाकर्षण « Khabarhub

विद्यार्थीमैत्री विधेयक बनाउन एमालेलाई ध्यानाकर्षण


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा विधेयकलाई विद्यार्थीमैत्री बनाएर मात्रै अगाडी बढाउनुपर्ने माग राख्दै विद्यार्थीहरूले एमालेको ध्यानाकर्षण गराएका छन् ।  

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै संयुक्त विद्यार्थी संगठनले बुधबार सिंहदरबारस्थीत एमाले संसदीय दलको कार्यालयमा एमाले प्रमुख सचेतक महेश बर्तौलालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रस्तावित विद्यालय शिक्षा विधेयक नेपालको संविधान २०७२ र आम नागरिकको नैसर्गिक अधिकार विरुद्ध रहेको उनीहरूको आरोप छ ।

साथै उनीहरूले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको भन्दै निःशुल्क र समान शिक्षा को माग गरेका छन् । 

विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै एमाले प्रमुख सचेतक बर्तौलाले विद्यालय शिक्षा विधेयक सदनमा पेश भइसकेको अवस्थामा सकेसम्म जायज सुझावका बारेमा छलफल गर्ने आश्वासन दिए ।  

संयुक्त विद्यार्थी संगठनले आफूहरूका मागका बारेमा सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १२ : ४६ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक