प्रभु बैंकले पायो नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंकको अवार्ड « Khabarhub

प्रभु बैंकले पायो नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंकको अवार्ड


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाएको छ । 

बैंकले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेड द्वारा प्रदान गरिने युरोमनी अवार्ड फर एक्सिलेन्स –२०२५ अन्तर्गत ‘नेपालको उत्कृष्ट साना तथा मझौला उद्यम डिजिटल बैंक’ को अवार्ड पाएको हो । 

उक्त अवार्ड सिङ्गापुरमा आयोजित एक भव्य समारोहकाबीचमा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य तीन महिला अधिकृतहरूले संयुक्त रूपमा ग्रहण गरेका थिए ।

यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अवार्ड प्राप्तिसँगै यसलाई केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जितको रूपमा व्याख्या गरे ।

प्रभु बैंकको देशभर ३१२ शाखा, ४८ विस्तार काउन्टर, २५६ एटिएम रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १२ : ४९ बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको