प्रभु बैंकले पायो नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंकको अवार्ड « Khabarhub

प्रभु बैंकले पायो नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंकको अवार्ड


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाएको छ । 

बैंकले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेड द्वारा प्रदान गरिने युरोमनी अवार्ड फर एक्सिलेन्स –२०२५ अन्तर्गत ‘नेपालको उत्कृष्ट साना तथा मझौला उद्यम डिजिटल बैंक’ को अवार्ड पाएको हो । 

उक्त अवार्ड सिङ्गापुरमा आयोजित एक भव्य समारोहकाबीचमा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य तीन महिला अधिकृतहरूले संयुक्त रूपमा ग्रहण गरेका थिए ।

यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अवार्ड प्राप्तिसँगै यसलाई केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जितको रूपमा व्याख्या गरे ।

प्रभु बैंकको देशभर ३१२ शाखा, ४८ विस्तार काउन्टर, २५६ एटिएम रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १२ : ४९ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,