म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान « Khabarhub

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– आर्थिक वर्ष २०८२-८३ मा म्याग्दीका किसानहरूका लागि अनुदान वितरण गर्न  चार करोड २३ लाख बजेट प्राप्त भएको छ । 

किसानलाई वितरणका लागि कृषि ज्ञान केन्द्रमा रुपैयाँ दुई करोड ९९ लाख २० हजार, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक करोड ६४ लाख र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामा एक करोड २४ लाख ४८ हजार बजेट बिनियोजन भएको हो । 

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले आवेदन संकलनका लागि सूचना जारी गरेर कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ भने प्रदेश सरकारका कार्यालयहरू केही नयाँ कार्यक्रमहरूको कार्यविधि आएपछि कार्यान्वयनको तयारी गरेका छन् । कार्यक्रमका प्रकृति अनुसार कुल लागतको ५० देखि ८५ प्रतिशत सम्म अनुदान पाउने कार्यविधि छ । 
 
कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले यस वर्षको नयाँ कृषि उद्यम विकास कार्यक्रमलाई २५ लाख, लोकमार्ग-कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रर्वद्धन कार्यक्रमका लागि २० लाख, निर्यातजन्य कृषि वस्तु प्रर्वद्धन कार्यक्रमलाई १० लाख, विपद्बाट क्षति ब्यहोरेको कृषकलाई राहत दिन आठ लाख र ग्रामीण कृषि पर्यटन प्रर्वद्धन कार्यक्रमका लागि पाँच लाख बजेट प्राप्त भएको जानकारी दिए । 

यसअघिको तीन वटा आर्थिक वर्षमा सञ्चालन भएको खायन आलु प्रर्वद्धन कार्यक्रम यस वर्ष हटेको छ । केन्द्रले गत वर्ष सञ्चालन गरेको कार्यक्रम मार्फत दुई करोड १२ लाख ९५ हजार अनुदान वितरण भएको थियो । कार्यक्रमहरूबाट एक हजार चार सय एक जना कृषक लाभान्वित भएका र विभिन्न तालिममा नौ सय ९९ जना सहभागी भएका छन् । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले चालु कार्यक्रम सञ्चालनका लागि एक करोड ६४ लाख बजेट प्राप्त भएको जानकारी दिए। कालीगण्डकी कोरिडोरमा केन्द्रित पशुपक्षी तथा मत्य उत्थान कार्यक्रमलाई २० लाख र विपद्बाट पशुधन क्षति भएका किसानलाई राहत दिन १० लाख बजेट प्राप्त भएको जानकारी दिए । 

आर्थिक वर्ष २०८१ र ८२ मा ४३ वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रम मार्फत ३८ लाख सत्तरी हजार ७५ अनुदान पाएका केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले बताए। पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार छ सय ५१ गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्ध पाँच प्रकारका खोप लगाइएको थियो । 

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत बिक्रम बस्यालले मुस्ताङ र म्याग्दीका कृषि उद्यमीहरूलाई अनुदान उपलब्ध गराउन २०-२० लाख बजेट बिनियोजन भएको जानकारी दिए । 

पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि १६ लाख ६८ हजार र म्याग्दी जिल्लाभर कार्यक्षेत्र रहेको बंगुर जोनमा २९ लाख ९० हजार बजेट रहेको कृषि अधिकृत बस्यालले बताए। 

उनका अनुसार परियोजना मार्फत गत आर्थिक वर्षमा म्याग्दीका कृषकहरूले ९९ लाख अनुदान सुविधा पाएका छन् । 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १२ : ५० बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का