लाखे जात्रा व्यवस्थित बनाउन सरोकारवालाबीच छलफल  « Khabarhub

लाखे जात्रा व्यवस्थित बनाउन सरोकारवालाबीच छलफल 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ऐतिहासिक तथा महत्वपूर्ण चाड इन्द्रजात्रा सभ्य र भव्य बनाउने उद्देश्यले इन्द्रजात्रामा आबद्ध खलः पुचःले तयारी गरिरहेका छन् । 

यसै सन्दर्भमा लाखे जात्रा व्यवस्थित तथा मर्यादित ढंगले सञ्चालन गर्नका लागि ‘लाखे आजु व्यवस्थापन समिति’ ले लाखे आजुको द्यःछेँ रहेको काठमाडौंको मजिपातमा आयोजित कार्यक्रममा सांसद ध्यान गोविन्द रञ्जितले नेपाल मण्डलमा समस्या आउँदा कुमारी पूजा गर्ने, तलेजु देवीसँग सल्लाह गर्ने चलन रहेको र लाखेलाई सुरक्षा गर्नेको रुपमा लिइएको बताए ।

सो अवसरमा काठमाडौं महानगरपालिका वडा नं २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले इन्द्रजात्रा मर्यादित र संगठित रुपमा चलाउनु पर्नेमा जोड दिदैं यस जात्रा सफल पार्नका लागि संयमित भएर काम गर्नुपर्ने बताए।

लाखे आजु गुथिका अध्यक्ष दीपक रञ्जितले इन्द्रजात्राको समयमा मादक पदार्थ सेवनलाई रोक्नु पर्ने बताउँदै लाखे जात्रा आकर्षणको केन्द्रबिन्दु मात्र नभइ अगाडि गएर बाटो देखाउने र धर्म संस्कृति संरक्षण गर्नेको रुपमा लिइएको उनको भनाइ छ ।

कार्यक्रममा पूर्व डिआजी शारदाभक्त रञ्जितले लाखेको प्रचार प्रसार व्यापकरूपमा भइरहेको र गुंला लाखे मात्र होइन विभिन्न कार्यक्रममा लाखे नाच देखाउने चर्चा गर्दै देश बाहिर पनि लाखे नाच देखाउने गरेकोले यस अर्थमा सकारात्मक रुपमा लिनुपर्ने बताए । 

यसै सन्दर्भमा राष्ट्रले नै मान्यता दिई आएको मुख्य लाखेलाई चिनाउने र प्रचार प्रसार गर्ने जिम्मा हाम्रो काँधमा आएको बताउँदैं पूर्व डिआइजी रञ्जितले लाखेलाई व्यवसायिक रुपमा लगियो भने मौलिकता रहिरहनेमा शंका गरे।

जनसेवा प्रहरी विभागका प्रहरी निरीक्षक किरण मल्लले विगतको समयमा भएका समस्या तथा ट्राफिक व्यवस्थापनमा भएको समस्या उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत विश्वले यस जात्रा अवलोकन गरिरहेको अवस्थामा मद्यपान गर्ने र उच्छृङ्खल कृयाकलापले नकारात्मक सन्देश जाने कुरामा सचेत गराए । 

उनले मध्यपान सेवन गर्ने तथा उच्छृंखल क्रियाकलाप गर्न नदिने प्रतिबद्धता जनाउँदै यसमा स्थानीयवासीको भूमिका अझ महत्वपूर्ण हुने बताए।

त्यस्तै इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले इन्द्रजात्रासंग सम्बन्धित ३१ वटा गुथि तथा गुथि संस्थान, काठमाडौं महानगरपालिका, पर्यटन मन्त्रालयसँग समन्वय भइरहेको जानकारी गराउँदै महानगरले रथयात्रा गर्ने बाटो बनाउने काम गरिदिएकोमा आभार ब्यक्त गरे ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ०६ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक