पुटिनसँग किमले भने : रूसलाई सघाउनु हामी दाजुभाइको कर्तव्य हो « Khabarhub

पुटिनसँग किमले भने : रूसलाई सघाउनु हामी दाजुभाइको कर्तव्य हो

पुटिनको जवाफ : रुस-उत्तर कोरिया अब साँचो गठबन्धनमा


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको राजधानी बेइजिङमा सम्पन्न ‘भिक्ट्री डे’ सैन्य परेडपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनबीच एक घण्टा लामो वार्ता भएको छ।

रूसी सरकारी सञ्चारमाध्यम तासका अनुसार बन्द कोठामा एक घण्टाभन्दा बढी चलेको वार्तामा दुवैले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए।

पुटिनले किमलाई धन्यवाद दिँदै भने, ‘उत्तर कोरियाली विशेष दस्ताहरूले कुर्स्क क्षेत्रलाई स्वतन्त्र बनाउन ठूलो योगदान दिएका छन्। उनीहरूको साहस र बलिदानलाई हामी कहिल्यै बिर्सने छैनौँ ।’

उनले रूस–उत्तर कोरिया सम्बन्ध अब ‘साँचो गठबन्धन’मा रूपान्तरण भइसकेको पनि बताएका छन् ।

किमले पुटिनलाई धन्यवाद दिए । ‘रूसलाई सहयोग गर्नु हामी दाजुभाइको कर्तव्य हो। हामी जसरी सकिन्छ, सहयोग र समर्थन गरिरहनेछौं’, उनले भने । युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाले आफ्ना सैनिक रसियन सैनिकसँगै उतारेको सन्दर्भमा किमको यो भनाइ आएको हो ।

उनले सन् २०२४ जुनमा भएको ऐतिहासिक सम्झौतापछि दुई देशबीच सहयोग मजबुत बनेको उल्लेख गरे। उक्त सम्झौता आपसी सुरक्षा केन्द्रित थियो, जसलाई किमले ‘अहिलेसम्मकै सबैभन्दा बलियो सन्धि’ भनेका थिए।

किमले बैठकमा रूस–उत्तर कोरियाले विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्नुपर्ने बताए। पुटिनले पनि यसमा सहमति जनाउँदै दुई देशबीचको सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा उकास्ने संकेत दिए।

यस वार्ताले रूस र उत्तर कोरियाबीचको गठबन्धन केवल सुरक्षा क्षेत्रमा सीमित नभई राजनीतिक, सैन्य र आर्थिक सहयोगसम्म विस्तार हुँदै गएको देखाएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : २७ बजे

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्