संसद्‌मा जुम्लाको स्याउको चर्चा गर्दै ज्ञानबहादुर शाहीले भने- सबैले किनिदिनू « Khabarhub

संसद्‌मा जुम्लाको स्याउको चर्चा गर्दै ज्ञानबहादुर शाहीले भने- सबैले किनिदिनू


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद्मा जुम्लामा उत्पादित स्याउको ‘ब्रान्डिङ’ गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकको आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्ने क्रममा उनले गृहजिल्ला जुम्लामा उत्पादित स्याउको ‘ब्रान्डिङ’ गरेका हुन् । प्रमुख सचेतक शाहीले प्रतिनिधि सभाका सदस्यहरूलाई जुम्लाको स्याउ खरिद गरिदिन पनि आग्रह गरे ।  

‘सबैभन्दा पहिला जुम्लाको स्याउ आएको छ बजारमा । रसिलो छ, स्वादिलो छ, अर्गानिक छ, केमिकल हालेको छैन,’ उनले भने, ‘त्यो स्याउ चैं नेपालभरि सबै र यहाँका माननीय सांसदज्यूहरू पनि किन्दिनु होला ।’

शाहीले विदेशबाट आयात हुने स्याउका कारण देशमा जुम्लाको स्याउको बजारीकरणमा समस्या देखिएको पनि बताए । उनले गत महिनामात्रै विदेशबाट साढे एक अर्ब रुपैयाँ बराबरको स्याउ निर्यात भएको तथ्यांक पनि सदनमा प्रस्तुत गरे ।  

‘अहिलेमात्रै विदेशी स्याउ आइरहेको छ । त्यसले हाम्रो जुम्लाको स्याउलाई बजारीकरण गर्न गाह्रो पारेको छ,’ उनले भने, ‘अघिल्लो महिनामात्रै साढे एक अर्बको स्याउ आएको छ । विदेशी स्याउ केमिकल हालेको छ, त्यसको क्वारेन्टाइन चेक नगरीकन यहाँ नल्याउनुहोला ।’

प्रमुख सचेतक शाहीले मन्त्री अधिकारीलाई सकेसम्म एक-दुई महिना विदेशी स्याउको आयातमा रोक लगाइदिन पनि आग्रह गरे । 

‘सकभर एक दुई महिना विदेशी स्याउ रोकिदिनुस् । त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ,’ शाहीले भने, ‘किसानले पैसा पाउँछन् । पैसा किसानले पायो भने किसान खुशी हुनुभनेको यो देश खुशी हुनु हो । त्यो भएर जुम्लाको स्याउ खाई दिनुहोला ।’

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ४५ बजे

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार