संसद्‌मा जुम्लाको स्याउको चर्चा गर्दै ज्ञानबहादुर शाहीले भने- सबैले किनिदिनू « Khabarhub

संसद्‌मा जुम्लाको स्याउको चर्चा गर्दै ज्ञानबहादुर शाहीले भने- सबैले किनिदिनू


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद्मा जुम्लामा उत्पादित स्याउको ‘ब्रान्डिङ’ गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकको आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्ने क्रममा उनले गृहजिल्ला जुम्लामा उत्पादित स्याउको ‘ब्रान्डिङ’ गरेका हुन् । प्रमुख सचेतक शाहीले प्रतिनिधि सभाका सदस्यहरूलाई जुम्लाको स्याउ खरिद गरिदिन पनि आग्रह गरे ।  

‘सबैभन्दा पहिला जुम्लाको स्याउ आएको छ बजारमा । रसिलो छ, स्वादिलो छ, अर्गानिक छ, केमिकल हालेको छैन,’ उनले भने, ‘त्यो स्याउ चैं नेपालभरि सबै र यहाँका माननीय सांसदज्यूहरू पनि किन्दिनु होला ।’

शाहीले विदेशबाट आयात हुने स्याउका कारण देशमा जुम्लाको स्याउको बजारीकरणमा समस्या देखिएको पनि बताए । उनले गत महिनामात्रै विदेशबाट साढे एक अर्ब रुपैयाँ बराबरको स्याउ निर्यात भएको तथ्यांक पनि सदनमा प्रस्तुत गरे ।  

‘अहिलेमात्रै विदेशी स्याउ आइरहेको छ । त्यसले हाम्रो जुम्लाको स्याउलाई बजारीकरण गर्न गाह्रो पारेको छ,’ उनले भने, ‘अघिल्लो महिनामात्रै साढे एक अर्बको स्याउ आएको छ । विदेशी स्याउ केमिकल हालेको छ, त्यसको क्वारेन्टाइन चेक नगरीकन यहाँ नल्याउनुहोला ।’

प्रमुख सचेतक शाहीले मन्त्री अधिकारीलाई सकेसम्म एक-दुई महिना विदेशी स्याउको आयातमा रोक लगाइदिन पनि आग्रह गरे । 

‘सकभर एक दुई महिना विदेशी स्याउ रोकिदिनुस् । त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ,’ शाहीले भने, ‘किसानले पैसा पाउँछन् । पैसा किसानले पायो भने किसान खुशी हुनुभनेको यो देश खुशी हुनु हो । त्यो भएर जुम्लाको स्याउ खाई दिनुहोला ।’

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ४५ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान