शेयर बजारमा मौद्रिक नीतिको प्रभाव न्यून, कारोबारी हाबी हुँदा लगानीकर्ता अन्योलमा « Khabarhub

शेयर बजारमा मौद्रिक नीतिको प्रभाव न्यून, कारोबारी हाबी हुँदा लगानीकर्ता अन्योलमा


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिलाई लगानीकर्ताले शेयर बजारमैत्री भन्दै स्वागत गरे पनि बजारमा अपेक्षित सुधार भने देखिएको छैन ।

व्यक्तिगत शेयर धितो कर्जाको सीमा बढाउने, लघुवित्त कम्पनीहरूको लाभांश वितरणमा लचकता अपनाउने लगायत प्रावधानले लगानीकर्ताको माग सम्बोधन गरे पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक भने उल्लेखीय बढ्न नसकेको हो ।

गभर्नर डा. विश्वनाथ पौडेलले लगानीकर्ताका प्रायः गरेर सबै माग मौद्रिक नीतिमार्फत सम्बोधन गरिदिइसकेका छन् । केही समय अघिमात्र लघुवित्त कम्पनीहरूको लाभांश वितरणमा रहेको १५ प्रतिशतको सीमा परिवर्तन गरी २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने व्यवस्था छ ।

पुँजी कोष १२ प्रतिशतभन्दा माथि र निष्क्रिय कर्जा अनुपात पाँच प्रतिशतभन्दा कम भएका लघुवित्तलाई मात्र उच्च लाभांश वितरणको सुविधा राष्ट्र बैङ्कले दिएको छ ।

तर, यी सबै नीतिबीच पनि नेप्सेले गति लिन सकेको छैन । गत साउन १३ गते ३००२ बिन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै २७३९.९५ बिन्दुसम्म झरेको छ । दैनिक कारोबार समेत चार अर्ब रुपैयाँ हाराहारीमा सीमित छ ।

किन बढेको छैन शेयर बजार ?

नेप्सको अहिलेसम्मको इतिहास हेर्दा आर्थिक वर्ष २०७७/७८ को भदौ २ गते नेप्से उच्चतम बिन्दु ३१९९.०३ मा पुगेको थियो । तर, नेप्सेले यो बिन्दुलाई त्यसपछि पार भने गर्न सकेको छैन ।

शेयर बजारले दुईपटक तीन हजारको बिन्दु छोए पनि नयाँ रेकर्ड भने बनाउन सकेको छैन । प्रत्येक पटकको बुलमा लगानीकर्ताहरूले अब ३२ को बिन्दुलाई पार गर्ने भन्दै भनिरहेका हुन्छन् । तर, नेप्सेले भने तीन हजारको बिन्दुबाट नै फर्किने गरेको छ ।

यतिबेला बजारमा ब्याजदर पनि न्यूनतम बिन्दुमा आएको छ । तर, ब्याजदर र शेयर बजारको विपरित सम्बन्ध हुने भएकाले ब्याजदर बढ्दा शेयर बजार घट्ने र ब्याजदार घट्दा शेयर बजार बढ्ने भन्ने गरिन्छ । तर, अहिले त्यस्तो भएको छैन ।

यस्तो हुनुमा बजारमा ‘ट्रेडर’ हाबी हुनु र छिटो नाफा उठाउने प्रवृत्ति कारक भएको शेयर विश्लेषक छोटेलाल रौनियार बताउँछन् । ‘३००० बिन्दुसम्म पुग्दै गर्दा बजार निरन्तर बढ्यो’, रौनियारले भने ‘त्यसपछि प्रफिट बुक हावी भयो, त्यसले गर्दा बजारमा निरन्तर जस्तो गिरावट आयो ।’

निरन्तर बजार घटेकाले गर्दा मास साइकोलोजी कमजोर भएकाले गर्दा बजारमा धेरै अङ्कको गिरावट आएको रौनियारको बुझाइ छ ।

अहिले लगानीकर्ताहरू अन्तिम १५ मिनेटमा औतर मूल्य कायम हुने भएका कारणले गर्दा बजार बढ्न नसकेको बताउन थालेका छन् । ‘अन्तिम १५ मिनेटको गणना गरेर मूल्य निर्धारण गर्ने कुरा नराम्रो होइन’, रौनियारले भने, ‘तर खै किन हो, लगानीकर्ता त्यसैले बजार घटिरहेको हो भनिरहेका छन्, मैले त बुझ्न सकेको छैन ।’

रौनियारको कुरामा पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि सहमत छिन् । पोखरेल पनि अहिले बजार लगानीकर्ताकै कारणले गर्दा नबढेको उनको भनाइ छ ।

अहिले ब्याजदर घट्नु, लगानीकर्ता बढ्नु र ब्रोकरको सङ्ख्या वृद्धि हुनु र नीतिनियम सबै राम्रो हुँदा पनि बजार बढ्न नसक्नुमा नयाँ लगानीकर्ताले छिटो प्रोफिट बुक गर्ने प्रवृत्ति कारक रहेको पोखरेल बताउँछिन् ।

‘शेयर खातामा आउँदा २–४ रुपैयाँ बढेको छ भने पनि बेचिहाल्ने प्रवृत्तिले गर्दा बजार नबढेको हो’, पोखरलेलले भनिन्, ‘बजारमा अहिले पूरै ट्रेडर हावी भएका छन् ।’

अहिले आफूहरूले समेत लामो समयका लागि शेयर खरिद गरेर नराखेको पोखरेल बताउँछिन् । बजार बढ्दा पनि राम्रो भन्दा नराम्रो कम्पनीहरू बढी बढेको उनको भनाइ छ ।

‘नराम्रो र कम कित्ता भएको कम्पनी उचालेर माथि शेयरमूल्य बढाउने प्रवृत्ति हाम्रोमा अहिले पनि छ’, पोखरेलले भनिन्, ‘राम्रा कम्पनीहरूको शेयर मूल्य नबढेका कारणले गर्दा झन् छिटो शेयर बेच्ने प्रवृत्ति हावी छ ।’

शेयर लगानीकर्ता गोपाल कटुवाल (स्वामी) पनि ट्रेडर हावी भएर बजार बढ्न नसकेको कुरामा सहमत छन् । अहिले बजारमा के भइरहेको भनेर आफूले समेत जान्न नसकिरहेको उनको भनाइ छ ।

‘कुहिरोको काग भइएको छ’, कटुवालले भने, ‘के कारणले गर्दा बजार घटिरहेको हो, केह बुझ्न सकिरहेको छैन ।’

शेयर बजारसम्बन्धी सबै नीति नियम राम्रो भए पनि नयाँ पैसा नभित्रिएको र त्यसमाथि ट्रेडर हावी भएका कारण बजार घटेको कटुवालको बुझाइ छ । ‘टेक्निकल वालाले धर्का हेरेर ट्रेड गरेकाले न आफूले कमाए, न लगानीकर्तालाई कमाउन दिए’, कटुवालले भने ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ५५ बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको