रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार « Khabarhub

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरण छानबिनका लागि न्यायिक वा संसदीय समिति गठनको माग गर्दै आएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको आकस्मिक समयमा दलका तर्फबाट आ–आफ्नो धारणा राख्दै रास्वपा र राप्रपाले सदन बहिष्कार गरेका हुन् । 

उनीहरू गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएका छन् । बुधबार पनि बैठक सुरु भएपछि दुवै दलका सांसदहरूले उठेर विरोध गरेका थिए । 

सभामुख घिमिरेले समय दिएपछि रास्वपाका तर्फबाट सांसद हरि ढकाल र राप्रपाबाट प्रमुख सचेतक ज्ञानबहादुर शाही बोलेका थिए । रास्वपाका सांसद ढकालले भिजिट भिसा प्रकरणका विषयमा आफूहरूको माग यथावत् रहेको बताए ।

राप्रपाका प्रमुख सचेतक शाहीले आफूहरू निरन्तर भिजिट भिसा प्रकरणको छानबिनको मागमा रहेको बताए । आफूहरूको माग सम्बोधन नहुँदा देख्नेहरूलाई समेत लाज हुन थालिसकेको उनले बताए । 

शाहीले बोलिसकेपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ५२ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान