रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार « Khabarhub

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरण छानबिनका लागि न्यायिक वा संसदीय समिति गठनको माग गर्दै आएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको आकस्मिक समयमा दलका तर्फबाट आ–आफ्नो धारणा राख्दै रास्वपा र राप्रपाले सदन बहिष्कार गरेका हुन् । 

उनीहरू गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएका छन् । बुधबार पनि बैठक सुरु भएपछि दुवै दलका सांसदहरूले उठेर विरोध गरेका थिए । 

सभामुख घिमिरेले समय दिएपछि रास्वपाका तर्फबाट सांसद हरि ढकाल र राप्रपाबाट प्रमुख सचेतक ज्ञानबहादुर शाही बोलेका थिए । रास्वपाका सांसद ढकालले भिजिट भिसा प्रकरणका विषयमा आफूहरूको माग यथावत् रहेको बताए ।

राप्रपाका प्रमुख सचेतक शाहीले आफूहरू निरन्तर भिजिट भिसा प्रकरणको छानबिनको मागमा रहेको बताए । आफूहरूको माग सम्बोधन नहुँदा देख्नेहरूलाई समेत लाज हुन थालिसकेको उनले बताए । 

शाहीले बोलिसकेपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ५२ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन

नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने एमालेले व्यवहारमै देखायो : उपप्रमुख डंगोल 

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रको अस्तित्वलाई बचाउने हो