महोत्तरीमा हालसम्म पनि रोपाइँ हुँदै « Khabarhub

महोत्तरीमा हालसम्म पनि रोपाइँ हुँदै


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– समयमा पानी नपरेर ढिलो गरी धान रोप्न सुरु गरेका जिल्लाका किसानहरू हालसम्म पनि रोपाइँमा व्यस्त छन् । आज पनि जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–८ का किसान रोपाइँमा व्यस्त देखिन्छन् । रामआश्रे मण्डल, किताब कवारी, मनोज ठाकुर र असर्फी साहले करिब ३६ जना रोपाहार (धानरोप्ने) लगाएर रोपाइँ गराइरहेका छन् ।

समयमा पानी नपरेकाले यस वर्ष यहाँ ढिलो गरी धान रोपाइँ सुरु भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म करिब ७६ प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको हो ।

पानी नपरेर बीउ डढ्ने, सिँचाइ समस्याका बीचमा गत साउन १५ गतेपछि पानी पर्न सुरु गरेपछि किसानले रोपाइँ सुरु गरेकामा हालसम्म करिब ७६ प्रतिशत सम्पन्न भइसकेको केन्द्रका प्रमुख देवानन्द रायले जानकारी दिए। उनले यो वर्ष यहाँका अधिकांश किसानले बासमती धान लगाएका छन् । बासमती धानको बोट कम सिँचाइमा पनि सप्रिने र उत्पादन दिने भएकाले किसानको रोजाइमा परेको उनले बताए।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा रहेकामा ६४ हजार ९७७ हेक्टरमा खेती हुँदै आएको केन्द्रका प्रमुख रायले जानकारी दिए । उनका अनुसार हालसम्म पनि रोपाइँ भइरहेकाले यसवर्ष करिब ४० हजार हेक्टरमायसवर्ष धानखेती हुने अनुमान गरिएको छ ।

प्रमुख रायका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुँवा र स्यालो ट्युवबेलको सहयोगमा केही मात्रामा धान रोपे पनि जिल्लाभरि गत साउन १५ गतेपछि मात्रै सबै क्षेत्रमा रोपाइँ सुरु भएको थियो ।

गत वर्ष समयमा पानी परेकाले जिल्लाको कूल ४२ हजार ५०० हेक्टर जग्गामा धानखेती गरिएको थियो । गत वर्ष एक लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ । यस वर्ष भने सिँचाइ अभावका कारण उत्पादनमा केही कमी आउने अनुमान गरिएको केन्द्रका प्रमुख रायले बताए।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ५६ बजे

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार