महोत्तरीमा हालसम्म पनि रोपाइँ हुँदै « Khabarhub

महोत्तरीमा हालसम्म पनि रोपाइँ हुँदै


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– समयमा पानी नपरेर ढिलो गरी धान रोप्न सुरु गरेका जिल्लाका किसानहरू हालसम्म पनि रोपाइँमा व्यस्त छन् । आज पनि जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–८ का किसान रोपाइँमा व्यस्त देखिन्छन् । रामआश्रे मण्डल, किताब कवारी, मनोज ठाकुर र असर्फी साहले करिब ३६ जना रोपाहार (धानरोप्ने) लगाएर रोपाइँ गराइरहेका छन् ।

समयमा पानी नपरेकाले यस वर्ष यहाँ ढिलो गरी धान रोपाइँ सुरु भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म करिब ७६ प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको हो ।

पानी नपरेर बीउ डढ्ने, सिँचाइ समस्याका बीचमा गत साउन १५ गतेपछि पानी पर्न सुरु गरेपछि किसानले रोपाइँ सुरु गरेकामा हालसम्म करिब ७६ प्रतिशत सम्पन्न भइसकेको केन्द्रका प्रमुख देवानन्द रायले जानकारी दिए। उनले यो वर्ष यहाँका अधिकांश किसानले बासमती धान लगाएका छन् । बासमती धानको बोट कम सिँचाइमा पनि सप्रिने र उत्पादन दिने भएकाले किसानको रोजाइमा परेको उनले बताए।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा रहेकामा ६४ हजार ९७७ हेक्टरमा खेती हुँदै आएको केन्द्रका प्रमुख रायले जानकारी दिए । उनका अनुसार हालसम्म पनि रोपाइँ भइरहेकाले यसवर्ष करिब ४० हजार हेक्टरमायसवर्ष धानखेती हुने अनुमान गरिएको छ ।

प्रमुख रायका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुँवा र स्यालो ट्युवबेलको सहयोगमा केही मात्रामा धान रोपे पनि जिल्लाभरि गत साउन १५ गतेपछि मात्रै सबै क्षेत्रमा रोपाइँ सुरु भएको थियो ।

गत वर्ष समयमा पानी परेकाले जिल्लाको कूल ४२ हजार ५०० हेक्टर जग्गामा धानखेती गरिएको थियो । गत वर्ष एक लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ । यस वर्ष भने सिँचाइ अभावका कारण उत्पादनमा केही कमी आउने अनुमान गरिएको केन्द्रका प्रमुख रायले बताए।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ५६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन