वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङलाई दोस्रो विश्वयुद्धताकाको समय सम्झाएका छन् । चीनले भिक्ट्री डेका अवसरमा शक्ति प्रदर्शन गरेकै दिन उनले चीनलाई स्वतन्त्रता दिलाउन अमेरिकाले गरेको सहयोग र बलिदानलाई सम्झन आग्रह गरेका हुन्।
‘चीनको विजय र गौरवको यात्रामा धेरै अमेरिकीहरूले ज्यान गुमाए। आशा छ, उनीहरूको वीरता र बलिदानलाई उचित सम्मान र सम्झना गरिरहनेछु, भनेका छन् ।
उनले राष्ट्रपति सी र चीनका जनतालाई यो उत्सवको दिनको शुभकामना दिँदै अमेरिकी सैनिकहरूको योगदानलाई स्मरण गर्न अपील गरेका छन् ।
सन्देशमा उनले रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र किम जोङ उनलाई पनि शुभकामना पठाएका छन्। ट्रम्पले व्यङ्ग्यात्मक शैलीमा चीन, रसिया र उत्तर कोरियालाई संयुक्त राज्य अमेरिका विरुद्ध षड्यन्त्र गरिरहेको उल्लेख गरेका छन्।
प्रतिक्रिया