निर्देशक सञ्जयविरुद्ध ठगी र दुर्व्यवहारको आरोप « Khabarhub

निर्देशक सञ्जयविरुद्ध ठगी र दुर्व्यवहारको आरोप


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्साली कानुनी विवादमा तानिएका छन्। बिकानेर (राजस्थान)का एक व्यक्तिले ठगी, दुर्व्यवहार र विश्वासघातको आरोप लगाउँदै निर्देशक भन्सालीसहित दुई सहयोगीविरुद्ध उजुरी दर्ता गराएका छन्।

बिकानेर सदर सर्कल अफिसर विशाल जांगिडका अनुसार, उजुरी प्रतीक राज माथुर नामक व्यक्तिले दायर गरेका हुन्। उनका अनुसार, निर्देशक भन्सालीले उनलाई आफ्नो बहुप्रतिक्षित फिल्म ‘लभ एण्ड वार’ का लागि लाइन प्रोड्यूसरको जिम्मेवारी दिएका थिए। तर, सम्झौता भएको केही समयमै बिना कारण प्रोजेक्टबाट हटाइयो।

माथुरले आरोप लगाएका छन् कि उनले सुटिङका लागि आवश्यक सबै तयारी, सरकारी निकायहरूसँगको समन्वय र व्यवस्थापन पूरा गरिसके पनि कुनै पारिश्रमिक दिइएन। यति मात्र होइन, जब उनी होटलमा फिल्म युनिटसँग भेट गर्न पुगे, निर्देशक भन्साली र उनका सहयोगीहरूले दुर्व्यवहार र अपमानजनक व्यवहार गरेको दाबी गरेका छन्।

अदालतको आदेशपछि सोमबार बिकानेरस्थित बिछवाल थानामा एफआईआर दर्ता गरिएको हो। यसमा निर्देशक भन्सालीसहित अर्विन्द गिल र उत्कर्ष बाली विरुद्ध ठगी, आपराधिक षड्यन्त्र र आपराधिक धाकधम्कीका मुद्दा दर्ता भएको छ। 

यसबीच, निर्देशक भन्सालीको फिल्म ‘लभ एण्ड वार’ लाई बलिउडको एक उत्कृष्ट प्रेमकथाको रूपमा प्रस्तुत गरिने बताइएको छ। फिल्ममा चर्चित कलाकारहरू रणवीर कपुर, आलिया भट्ट र भिक्की कौशल मुख्य भूमिकामा देखिनेछन्। निर्माणाधीन यो फिल्म सन् २०२६ मा सिनेमाघरमा रिलिज हुने तय भएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : १२ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक