जीएसआईमा नेपालको समर्थनबारे संसद्‌मा मागियो सरकारको जवाफ « Khabarhub

जीएसआईमा नेपालको समर्थनबारे संसद्‌मा मागियो सरकारको जवाफ


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले चीनको ‘ग्लोबल सेक्युरिटी इनिसेटिभ’ (जीएसआई) मा प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन गरेको चिनियाँ दाबीबारे सरकारको आधिकारिक धारणा माग गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै उनले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले जीएसआईमा समर्थन जनाएको दाबी गरिएको भन्दै सरकारको धारणा माग गरेका हुन् । 

‘नेपालको संविधानअनुसार नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिवद्ध छ । नेपाल कुनै पनि सैन्य रणनीतिको पक्षमा उभिन सक्दैन,’ सांसद ज्वालाले भने, ‘यदि, प्रधानमन्त्रीज्यूले जीएसआईको समर्थन गर्नुभएको हो भने हामी शक्ति राष्ट्रहरूको सुरक्षा पेसोमा पर्ने खतरा हुन्छ । त्यो आत्मघाती र आपत्तिजनक हुन्छ । यस विषयमा सरकारले तत्काल आधिकारिक धारणा सार्वजनिक गरोस् ।’

उनले प्रधानमन्त्री ओली स्वदेश फर्किसकेपछि यसबारे संसद्लाई जवाफ दिनुपर्ने पनि माग गरे । ‘प्रधानमन्त्रीज्यूले यस विषयमा नेपाल फर्किसकेपछि संसद्मा जवाफ दिनको लागि सम्माननीय सभामुखमार्फत् विषेश माग गर्दछु,’ सांसद ज्वालाले भने ।    

उनले चीनको विदेश मन्त्रालयले जारी गरेका विज्ञप्तिमा नेपालका प्रधानमन्त्री ओलीले जीएसआईमा समर्थन गरेको विषय उल्लेख गरेको दाबी गर्दै वास्तविकता सार्वजनिक हुनुपर्ने पनि जिकिर गरे । 

‘सम्माननीय प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आफ्नो सुरक्षा राणनीति जीएसआईमा नेपालले समर्थन गरेको प्रष्ट दाबी गरेको छ,’ ज्वालाले भने, ‘विज्ञप्तिमा भनिएको छ– नेपाल सपोर्टस् द ग्लोबल सेक्युरिटी इनिसेटिभ प्रपोज्ड बाइ चाइना । यसको वास्तविकता के हो रु यस विषयमा नेपाल सरकारले आजसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।’

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : ४७ बजे

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो