एमालेले दुई उपाध्यक्षको फरक मतलाई विधान महाधिवेशनमा प्रवेश नदिने | Khabarhub Khabarhub

एमालेले दुई उपाध्यक्षको फरक मतलाई विधान महाधिवेशनमा प्रवेश नदिने


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिने गरी संगठित सदस्यता खारेज गर्ने निर्णयविरुद्धको फरक मतलाई दोस्रो विधान महाधिवेशनमा प्रवेशन नदिने तयारी गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा यस्तो संकेत गरेका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यसपटकदेखि प्रतिनिधिहरूबाट शुल्क नउठाउने र सम्पूर्ण खर्च पार्टी केन्द्रले नै बेहोर्ने निर्णय भइसकेको बताए। खर्चको हिसाब–किताब महाधिवेशनपछि सार्वजनिक गरिने उनले स्पष्ट पारे।

‘हामी भदौ २० गतेदेखि २२ गतेसम्म पार्टीको विधान महाधिवेशन ललितपुरको गोदावरीमा आयोजना गर्दैछौँ । विधान महाधिवेशनका लागि हामीले प्रतिनिधिहरूबाट यस पटकदेखि शुल्क उठाउने परम्परा हटाएका छौँ । पार्टी केन्द्रले नै सबै खर्च व्यवस्थापन गर्ने निर्णय भइसकेको छ’, उनले भने, ‘खर्च कति लाग्छ अनुमान गर्न गाह्रो छ । विधान महाधिवेशन भइसकेपछि हामी हिसाब किताब सार्वजनिक गर्छौँ । खर्चलाई वैधानिक र पारदर्शी रुपमा राख्ने कुरामा एमाले अगाडि छ ।’

पोखरेलले पार्टीभित्र अहिले विचार वा दस्तावेजमाथि कुनै फरक मत नरहेको बताए । ‘तर निर्णयमाथि दुई उपाध्यक्षको असहमति आएको छ। उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिने र सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयप्रति फरक मत राख्नु भएको छ’, उनले भने, ‘यसबारे छलफल विधान महाधिवेशनमा नहुन सक्छ । तर यसबारे भोलिको सचिवालय बैठकले टुंग्याउने छ ।’

दस्तावेजमाथि नभएर निर्णयमाथिको फरक मत आएकाले यो विधान महाधिवेशनको एजेन्डा बन्ने कुरा कमजो रहेको उनले बताए ।

‘साउन ५-६ को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने र राजनीतिमा आउन नदिने निर्णयमा उपाध्यक्ष ज्ञवाली र पाण्डेले फरक मत राख्नु भएको हो’, उनले भने, ‘यो दस्तावेज र विचारमाथिको फरक मत होइन । केन्द्रीय कमिटीको निर्णयमाथिको फरक मतबारे यो विधान महाधिवेशनमा छलफल नहुन नसक्छ । दस्तावेजमाथि फरक मत नआएकाले यसबारे विधान महाधिवेशनमा छलफल नहुन सक्छ ।’

पूर्वराष्ट्रपति विद्यादेवी राजनीतिमा फर्किनु हुँदैन भनेर गरिएको निर्णय र सदस्यता रोक्ने केन्द्रीय कमिटीको निर्णयलाई पाण्डे र ज्ञवालीले अस्वीकार गर्नुपर्छ भनेर फरक मत राखेका उनले बताए ।

दुवै उपाध्यक्षको फरक मतलाई विधान महाधिवेशनमा लैजाने कि ११ औँ राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भन्ने कुरा भोलिको सचिवालय बैठकले टुंग्याउने उनले बताए ।

त्यस्तै, स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी जीवनमा लोकतान्त्रीकरणबारे कुरा उठाएको पनि उनले उल्लेख गरे । पोखरेलले थापाको फरक मतबारे पनि सचिवालयले निर्णय गर्ने बताए। तर थापाले दस्तावेजमाथि प्रश्न उठाएकाले विधान महाधिवेशनमा प्रवेश पाउन सक्ने बताए ।

‘स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी जीवनको लोकतान्त्रीकरणबारे कुरा उठाउनु भएको छ’, उनले भने, ‘उहाँले विधान महाधिवेशनमा कुरा उठाउन पाउनु हु्न्छ । उहाँको फरक मतबारे पनि भोलिको सचिवालय बैठकले निरूपण गर्छ ।’

एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा हुनेछ । जसमा २,०२६ प्रतिनिधि र ३५९ पर्यवेक्षक सहभागी हुनेछन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ३ : ४४ बजे

रूसी ड्रोन आक्रमणले युक्रेनमा हजारौँ घरमा बिजुली कटौती

एजेन्सी– रूसी सेनाले युक्रेनमा ५० हजारभन्दा बढी ड्रोन र मिसाइल

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने

सङ्घीयताको सफल कार्यान्वयन भएन : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकता नै सङ्घीयताको

इन्डोनेसियामा विरोध प्रदर्शनका क्रममा १० जनाको मृत्यु, सयौँ घाइते

एजेन्सी– गत हप्ता इन्डोनेसियामा भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा 

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले