निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन : ऊर्जामन्त्रीका  | Khabarhub Khabarhub

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन : ऊर्जामन्त्रीका 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताएका छन् । 

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा बोल्दै उनले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्ने गर्नका लागि नीतिगत सुधार गरिएको बताएका हुन् । 

‘नीजि क्षेत्रलाई सँधै साथमा लिएर हिँड्नुपर्छ भन्ने बुझेको पार्टी कांग्रेस हो, यसका लागि थुप्रै नीतिगत सुधार भएका छन्, निजी क्षेत्र इमान्दारीका साथ राजस्व तिर्न तयार हुनुपर्छ,’– उनले भने । 

ऊर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताए। 

नेपाली कांग्रेस र नेकपा एमालेबीच राजनीतिक विचारधारा फरक भएपनि मुलुकको आर्थिक विकास र जनताको जीवनस्तर उकास्नका लागि दुई दल एकठाउँमा उभिएको उनको भनाई थियो । स्थिर सरकार बनेको र गर्नुपर्ने काम धेरै भएको मन्त्री खड्काले बताए। विगतमा भन्दा अहिले लगानी बढेको उनको भनाई थियो । 

उनले कुनै उद्देश्य, एजेण्डा र योजना नभएका पार्टीले हल्ला गर्ने र जनतालाई भ्रम छर्ने काम गरिरहेको बताए। वास्तविक कुरा जनताकहाँ पुर्‍याउने जिम्मा कांग्रेस पार्टीको भएको उनको भनाई थियो । मन्त्री खड्काले मुलुकमा लगानीको वातावरण बनेको र विगतमा भन्दा धेरै सुधारका कामहरू भएको उल्लेख गरे ।

मन्त्री खड्काले आफू ऊर्जामन्त्री भएपछि मुलुकको उर्जा क्षेत्रको विकासका लागि उर्जा विकास मार्गचित्र, २०८१ जारी गरी सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र उत्पादित विद्युतमध्ये १३ हजार ५०० मेगावाट स्वदेशमा खपत र बाँकी १५ हजार मेगावाट छिमेकी मुलुक भारत, बंगलादेशलगायतका स्थानमा बिक्री गर्ने प्रष्ट लक्ष्य लिएको स्पष्ट पारे। उक्त लक्ष्य पुरा गर्न ६४ खर्ब आवश्यक पर्ने उनको भनाई थियो । 

उनले विगत दुई दशकदेखि हल्ला र कुरा धेरै भएपनि आफ्नो कार्यकालमा बङ्गलादेश विद्युत निर्यात गर्न सफल भएको बताए। उनले अहिले भारतमा मात्र झण्डै १२ सय मेगावाट विद्युत निर्यात भइरहेको उल्लेख गरे। उनले उक्त विद्युत विक्रिवापत सरकारलाई १७ अर्बभन्दा बढी रकम आम्दानी भएको बताए। 

उनले विद्युत उत्पादन बढेको र उत्पादनको भार थाम्न नसकेर ट्रान्सफर्मरको संरचना पुननिर्माण गर्दा केही समय बत्ती जाने गरेको बताए। लोडसेडिङ भने अब नहुने उनको भनाई थियो । 

ऊर्जामन्त्री खड्काले मधेशमा कृषिमा विद्युतीकरण गर्ने कामलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताए। आर्थिक हिसावले देश समुन्नत बन्दै गएको उनको भनाई थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ३ : ४६ बजे

अहिलेको सत्ता नेताहरूको होइन, बिचौलियाको सेटिङ हो : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रूसी ड्रोन आक्रमणले युक्रेनमा हजारौँ घरमा बिजुली कटौती

एजेन्सी– रूसी सेनाले युक्रेनमा ५० हजारभन्दा बढी ड्रोन र मिसाइल

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने

सङ्घीयताको सफल कार्यान्वयन भएन : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकता नै सङ्घीयताको

इन्डोनेसियामा विरोध प्रदर्शनका क्रममा १० जनाको मृत्यु, सयौँ घाइते

एजेन्सी– गत हप्ता इन्डोनेसियामा भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा