सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : स्वास्थ्यमन्त्री पौडेल  « Khabarhub

सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : स्वास्थ्यमन्त्री पौडेल 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा।डा। दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले  प्रारम्भिक चरणमा सबै प्रदेशमा एकरएक वटा अटिजम स्कुलको खाँचो औँल्याए । मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उनको भनाई छ ।

मन्त्री पौडेलले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिए । बुढालिनकण्ठ– ४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया शुरु भइसकेको उनले बताए । अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उनको भनाई छ । उनले अटिजम स्कुल स१चालनको लागि काठमाडौँ महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडि बढ्ने बताए ।

उनले भने, ‘खासगरी अहिले  हामीले यो पटकको बजेटमा काठमाडौंमा एउटा अटिजम स्कुल बुढानीलकण्ठ वडा नम्बर ४ मा चाहिँ जग्गा छ, त्यहाँ भवन बन्ने प्रक्रिया शुरु भएको छ । यसको डिपिआर पनि हामीलाई उपलब्ध छ । त्यसमा हामीले बजेटमा नै ३ करोड रुपैयाँ, त्यो धेरै त होइन तर हामीले शीर्षक उल्लेख गरेको स्थिति छ । 

हामीले त्यसलाई रफ्तारमा अगाडि बढाउँदैछौँ र काठमाडौंमा अटिजम स्कुल हामीले बनाएर नै छाड्छौँ । त्यसमा काठमाडौं महानगरपालिकाका मेयरले पनि त्यसमा चाहना राखेको उनले बताए । उहाँहरुसँग पनि समन्वय गरेर हामीले चाहिँ त्यसलाई अगाडि बढाउनेछौँ । र व्यवस्थित अटिजम स्कुल हामीले काठमाडौंमा पहिलो चरणमा निर्माण गर्नेछौँ र यो सातै प्रदेशमा कम्तीमा एक-एक वटा प्रारम्भिक चरणमा आवश्यक छ मन्त्री पौडेलले भने । 

उनले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्याङ्क नै नभएको बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ४ : ०० बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका