जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक भदौ अन्तिममा « Khabarhub

जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक भदौ अन्तिममा


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण यही भदौ अन्तिमदेखि सुरु हुने भएको छ । पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले उक्त बैठक तथा प्रशिक्षण भदौ ३० गतेदेखि आगामी असोज ५ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।

बाँकेबाट सुरु हुने समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा आयोजना हुने प्रवक्ता यादवले बताए। उनका अनुसार सो कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत र परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, पालिका र वडाध्यक्ष तथा सचिवहरूको उपस्थिति हुनेछ ।

प्रवक्ता यादवले आज बैठकबारे सूचना जारी गर्दै अनिवार्य रूपमा तीन पटक बैठक बसेको विस्तृत जानकारी भएको विवरणको फोटोकपीसहित उपस्थित हुन सङ्गठन विभाग प्रमुख, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, पालिका प्रमुख, वडाध्यक्षलगायत सबैलाई अनुरोध गरे । 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ४ : ३८ बजे

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा