इन्डोनेसियामा विरोध प्रदर्शनका क्रममा १० जनाको मृत्यु, सयौँ घाइते « Khabarhub

इन्डोनेसियामा विरोध प्रदर्शनका क्रममा १० जनाको मृत्यु, सयौँ घाइते


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत हप्ता इन्डोनेसियामा भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ । यो तथ्य राष्ट्रिय मानव अधिकार आयोग (कोम्नास ह्याम) ले बुधबार पुष्टि गरेको हो । अशान्तिका कारण मृत्यु भएको रिपोर्ट गर्ने अन्य अधिकार समूहहरू पनि छन् ।

विरोध प्रदर्शन आर्थिक असमानता र सांसदहरूका लागि भव्य सुविधाप्रति असन्तुष्टिबाट उत्पन्न भएको थियो । अर्धसैनिक एकाइले एक युवा चालकको हत्या गरेको फुटेज सार्वजनिक भएपछि प्रदर्शनकारीहरूले प्रहरीविरुद्ध आक्रोश व्यक्त गर्न थाले ।

कोम्नास ह्यामका प्रमुख अनिस हिदायाहका अनुसार मृतकमध्ये केही अधिकारीको अत्यधिक बल प्रयोगका सिकार भएका हुनसक्ने संकेत छन् । मृतकहरू ग्रेटर जकार्ता, दक्षिण सुलावेसीको मकस्सर, मध्य जाभा र पपुवा क्षेत्रमा रहेका छन् ।

अनिसका अनुसार नौ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् र हजारौँलाई हिरासतमा लिइएको छ, जसमा अधिकांशलाई पछि रिहा गरिएको छ । 

‘अन्य धेरै स्थानहरूले अहिलेसम्म निष्कर्ष रिपोर्ट गरेका छैनन्स तथ्यांक बढ्ने सम्भावना छ’, उनले भने।

इन्डोनेसियाका गैरसरकारी संस्था कानूनी सहायता फाउन्डेसन (वाइएलबिएचआई) र एम्नेस्टी इन्टरनेसनलले पनि १० जनाको मृत्यु र सयौँ घाइते भएको पुष्टि गरेका छन् । बेपत्ता र हिंसाका पीडितहरूको लागि आयोग (कन्ट्रास) ले सोमबारसम्म कम्तीमा २० जना बेपत्ता भएको जानकारी दिएको छ ।

विरोध प्रदर्शनले सुरुमा राष्ट्रपति प्रबोवो सुबिआन्तोको चीन भ्रमण रद्द गराउन बाध्य बनायो । तर राज्य सचिवालयमन्त्री प्रसेटिओ हादीले मङ्गलबार स्थिति शान्त भएको बताएपछि राष्ट्रपति भ्रमणमा जाने योजना बनाएका छन् । 
 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ४ : ५१ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु