अहिलेको सत्ता नेताहरूको होइन, बिचौलियाको सेटिङ हो : प्रचण्ड | Khabarhub Khabarhub

अहिलेको सत्ता नेताहरूको होइन, बिचौलियाको सेटिङ हो : प्रचण्ड


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन् ।

काठमाडौंको प्रज्ञाभवन, कमलादीमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै  अध्यक्ष प्रचण्डले भने, ‘उत्साहका लागि लाल सलाम भन्न चाहन्छु । मलाई विश्वास छ, यो सम्मेलनले महिला हिंसाविरुद्ध एउटा संकल्प प्रस्ताव पारित गर्नेछ ।’

उनले माओवादी जनयुद्धमा महिलाको उल्लेखनीय योगदानबारे चर्चा गर्दै भने, ‘यदि जनयुद्धमा हजारौँ, लाखौँ महिलाहरूको सहभागिता नभएको थियो भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन ।’

प्रचण्डले जनयुद्धको सुरुवातमा कालिकोट र रोल्पाका महिलाहरू देखाएको साहसपूर्ण योगदानलाई विशेष रूपमा स्मरण गर्दै भने, ‘यदि उनीहरूले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ भनेर नभनेको थियो भने जनयुद्ध सम्भव नहुन पनि सक्थ्यो ।’ उनले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव थिएन भन्ने धारणा व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको षडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र अन्त्य गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरे । ‘म यो विश्वास लिएको छु कि तपाईँहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि  पार्टी र संविधानविरूद्व भइरहेको सड्यन्त्रविरुद्धको संकल्प लिनुहुनेछ,’ उनले भने ।

उनले संविधान पार्टीले चाहे अनुसार निर्माण गर्न नसकिए पनि सम्झौताको दस्ताबेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए । तर जुन उद्देश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयन भन्दा संविधान विरुद्ध गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भने, ‘हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धिहरू उल्टिने खतरा देखिएको छ।’

अध्यक्ष प्रचण्डले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता दोहोर्‍याए । उनले भने, ‘१० वर्षअघि संविधान निर्माण गर्दा हामीले भनेका थियौँ । जन निर्वाचित कार्यकारी प्रमुख र निर्वाचन पूर्ण समानुपातिक हुनुपर्छ । अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ ।’

उनले समानुपातिक निर्वाचन प्रणालीलाई पनि प्रत्यक्ष बनाउन सकिने बताउँदै त्यसले महिलाहरूको सही प्रतिनिधित्व सुनिश्चित गर्ने बताए ।

अध्यक्ष प्रचण्डले हालको सत्ताको वास्तविक शक्ति नेताहरू नभई, बिचौलियाहरूले नियन्त्रणमा लिएको बताए । ‘अहिलेको सत्ता नेताहरूको होइन, बिचौलियाको सेटिङ हो । बिचौलियाहरूले करोडौँ खर्च गरेर बनाइएका गठबन्धनहरू बिचौलियाका होटल र घरभित्र बसेर बनाइएको सरकार हो । यो उनीहरूले भने अनुसार नै चलेको छ,’ उनले भने ।

उनले भ्रष्टाचार र बिचौलिया संस्कृति अन्त्य गर्न  सरकारमा रहँदा सुशासनको अभियान चलाइएको कारण सरकार बाट बाहिरिनुपरेकोले त्यसका विरुद्ध लड्न  जनताको साथ आवश्यक भएको स्पष्ट पारे ।जसका लागि महिलाहरूको सहयोग आवश्यक रहेको उनले बताए ।

अध्यक्ष प्रचण्डले अबको आन्दोलन वैज्ञानिक समाजवाद स्थापनाका लागि हुने भन्दै विचार मिल्ने सबै इमानदार शक्तिहरूलाई एकजुट हुन आह्वान गरे । ‘समाजवादी आन्दोलनका लागि मिल्न सक्नेहरूबीच एकता आवश्यक छ । हामी महिलाको अधिकारका लागि पार्टीको तर्फबाट पूर्ण प्रतिबद्ध छौँ,’ उनको भनाइ थियो ।

उनले विचार मिल्ने सबै इमानदार शक्तिहरूलाई एकताबद्ध गर्दै आगामी सम्मेलनलाई एकताको आठौँ महाधिवेशन बनाउने लक्ष्य लिए र अगाडि बढ्न आह्वान गरे ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ५ : ४६ बजे

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं– काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१-००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज

ललितपुर महानगरका महिला उद्यमीको उत्पादन अब एपबाट किनबेच

ललितपुर– ललितपुर महानगरले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्‍याउन एलएमसी हाटबजार

गणपूरक सङ्ख्या नपुग्दा पशु चिकित्सा विधेयक अगाडि बढेन

काठमाडौं– गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठकमा  ‘नेपाल पशु चिकित्सा

रास्वपा जस्तै ‘प्राइमरी इलेक्सन’ जान खोज्दा राप्रपामा किचलो, नेताहरूले दिए बहिष्कारको चेतावनी

काठमाडौँ– रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि

विद्यालयबाट फर्कँदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

त्रिशूली– तादी गाउँपालिका-२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा