सुडानको डारफरमा भीषण पहिरो : हजारभन्दा बढीको मृत्यु, १०० शव भेटिए « Khabarhub

सुडानको डारफरमा भीषण पहिरो : हजारभन्दा बढीको मृत्यु, १०० शव भेटिए


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुडानको डारफर क्षेत्रमा परेको भीषण वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १०० जनाको शव फेला परेको विद्रोही समूहले जानकारी दिएको छ ।

डारफरको दुर्गम पहाडी क्षेत्र जेबेल मर्रा अन्तर्गत पर्ने तारासिन गाउँ पुरिँदा गाउँको झन्डै सम्पूर्ण जनसङ्ख्या समाप्त भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त क्षेत्रको नियन्त्रणमा रहेको सुडान मुक्ति सेना(एसएलएम) अन्तर्गतका अब्दुलवाहिद अल–नुर पक्षले बुधबार यो जानकारी दिएको हो ।

समूहका प्रवक्ता मोहम्मद अब्देलरहमान अल–नायरका अनुसार, ‘हिजोसम्म १०० वटा शव निकालिएका छन्, उद्धार कार्य अझै जारी छ, यद्यपि स्रोतसाधन सीमित छन् ।’

समूहद्वारा सार्वजनिक गरिएको भिडियोमा स्थानीय स्वयंसेवकहरू हिलो र ढुङ्गामाटो हटाउँदै नाङ्गा हातले शव फेला पारिरहेको देखिएको छ ।

प्रारम्भिक अनुमान अनुसार, गाउँमा रहेका एक हजार भन्दा बढी मानिसहरू मध्ये एकजना मात्र जीवित रहेका छन् । बाँकी सबै पहिरोमा पुरिएर ज्यान गुमाएको आशंका गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ५ : ५३ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक