सुडानको डारफरमा भीषण पहिरो : हजारभन्दा बढीको मृत्यु, १०० शव भेटिए « Khabarhub

सुडानको डारफरमा भीषण पहिरो : हजारभन्दा बढीको मृत्यु, १०० शव भेटिए


१८ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुडानको डारफर क्षेत्रमा परेको भीषण वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १०० जनाको शव फेला परेको विद्रोही समूहले जानकारी दिएको छ ।

डारफरको दुर्गम पहाडी क्षेत्र जेबेल मर्रा अन्तर्गत पर्ने तारासिन गाउँ पुरिँदा गाउँको झन्डै सम्पूर्ण जनसङ्ख्या समाप्त भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त क्षेत्रको नियन्त्रणमा रहेको सुडान मुक्ति सेना(एसएलएम) अन्तर्गतका अब्दुलवाहिद अल–नुर पक्षले बुधबार यो जानकारी दिएको हो ।

समूहका प्रवक्ता मोहम्मद अब्देलरहमान अल–नायरका अनुसार, ‘हिजोसम्म १०० वटा शव निकालिएका छन्, उद्धार कार्य अझै जारी छ, यद्यपि स्रोतसाधन सीमित छन् ।’

समूहद्वारा सार्वजनिक गरिएको भिडियोमा स्थानीय स्वयंसेवकहरू हिलो र ढुङ्गामाटो हटाउँदै नाङ्गा हातले शव फेला पारिरहेको देखिएको छ ।

प्रारम्भिक अनुमान अनुसार, गाउँमा रहेका एक हजार भन्दा बढी मानिसहरू मध्ये एकजना मात्र जीवित रहेका छन् । बाँकी सबै पहिरोमा पुरिएर ज्यान गुमाएको आशंका गरिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ५ : ५३ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली