समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न प्रचण्डको आह्वान « Khabarhub

समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न प्रचण्डको आह्वान


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन् । 

पार्टीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै बुधबार उनले समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका हुन् । 

अध्यक्ष प्रचण्डले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन पनि आग्रह गरे । ‘मलाई विश्वास छ, यो सम्मेलनले महिला हिंसाविरुद्ध एउटा संकल्प प्रस्ताव पारित गर्नेछ,’ उनले भने । 

प्रचण्डले माओवादी जनयुद्धमा महिलाको पुर्‍याएको योगदानको पनि चर्चा गरे । ‘यदि, जनयुद्धमा हजारौं, लाखौँ महिलाहरूको सहभागिता नभएको थियो भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन,’ उनले भने । 

अध्यक्ष प्रचण्डले जनयुद्धको सुरुवातमा कालिकोट र रोल्पाका महिलाहरू देखाएको साहसपूर्ण योगदानलाई विशेष रूपमा स्मरण गरे । ‘यदि, उनीहरूले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ भनेर नभनेको थियो भने जनयुद्ध सम्भव नहुन पनि सक्थ्यो,’ उनले भने । अध्यक्ष प्रचण्डले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव थिएन भन्ने धारणा व्यक्त गरे । 

अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको षडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षडयन्त्र अन्त्यका लागि सबैलाई एकताबद्ध हुन आग्रह गरे । ‘मैले यो विश्वास लिएको छु कि तपाईँहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि  पार्टी र संविधानविरुद्ध भइरहेको षडयन्त्रविरुद्धको संकल्प लिनुहुनेछ,’ उनले भने ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ५ : ५७ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक