इन्द्रजात्राका सारथीलाई पाँच लाखसम्मको बीमा « Khabarhub

इन्द्रजात्राका सारथीलाई पाँच लाखसम्मको बीमा


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– यस वर्षको इन्द्रजात्रामा रथ थान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बीमा गरिने भएको छ । 

गुठी संस्थानद्वारा यस वर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलो पटक यस्तो व्यवस्था गरिएको जानकारी दिइयो । 

राष्ट्रप्रमुख सहभागी हुने र देशका प्रमुखपर्वमध्ये पर्ने इन्द्रजात्रामा हनुमानढोका आसपासका मानन्धरलगायत विभिन्न समुदायका झण्डै ८०० जना संलग्न रहने गर्छन् । ‘तीमध्ये पर्व सुरु भएदेखि सम्पन्न नभएसम्म अहोरात्र खटिने करिब १०० जनालाई एकदेखि पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्न लागेका हौँ’, संस्थानका कार्यकारी प्रमुख शैलेशराज कुँवरले भने । 

यस वर्षको इन्द्रजात्रा भदौ ९ गते लिङ्गो काटेर सुरु भई २६ गते बेलुका १०ः३० बजे समापन हुँदैछ । यसका लागि आवश्यक सम्पूर्ण खर्च व्यवस्थापन, जनशक्ति परिचालन र विभिन्न निकायबीच समन्वय गुठी संस्थानले गरिरहेको छ । जात्रा सम्पन्न गर्न हनुमानढोका दरबार कार्यालय, काठमाडौँ महानगर, नेपाली सेनादेखि नेपाल विद्युत् प्राधिकरणसम्मका निकाय संलग्न छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही भदौ ९ गते सूर्यविनायक नगरपालिकाको चित्तपोल वनबाट लिङ्गालाको रुख काटेर सुरु भएको यस वर्षको जात्रामा १५ गते उक्त लिङ्गोलाई हनुमानढोका पुर्‍याउने काम भएको छ । अब १९ गते ध्वजापताकासहितको उक्त लिङ्गो उठाएपछि राजधानीमा इन्द्रजात्रा सुरु हुन्छन् । 

त्यसैगरी २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा भएपछि २६ गते राति १०ः३० बजे इन्द्रध्वज पतन गरी जात्राको औपचारिक समापन गरिन्छ । 

जात्रा अवधिभर आकाश भैरवको मूर्तिलाई खटमा राखी पूजा गर्ने, महाकाली, एरावत नाचहरु, त्रैलोक्य नारायण मन्दिरमा दशावतार नाटक देखाउने, दहचोकमा मेला भर्ने र स्वेतभैरवको मुखमा जडित नलिबाट बगाइने मदिरालाई प्रसादका रूपमा ग्रहण गर्नेजस्ता क्रियाकलाप हुन्छन् । 

यसका साथै इन्द्रचोक, किलागल र नरदेवीमा इन्द्रको मूर्ति प्रदर्शन तथा पूजा गर्ने र नेवार समुदायमा पाहुनापासालाई निम्ता गरी ‘समय बजि’ (चिउरा, राँगाको छोइलासहितको र कालो भटमाससहितको परिकार) खुवाउने काम हुन्छ । 

हनुमानढोकाको गद्दी बैठकमा पुगी राष्ट्रप्रमुखले जात्रा अवलोकन गर्ने परम्परा अन्तिम मल्लराजा जयप्रकाश मल्लको पालादेखि चल्दै आएको हो । 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ६ : १८ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक