ललितपुर महानगरमा एक विद्यालय-एक सम्पदा कार्यक्रम « Khabarhub

ललितपुर महानगरमा एक विद्यालय-एक सम्पदा कार्यक्रम


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरले एक विद्यालय-एक सम्पदा कार्यक्रम सुरु गरेको छ । महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाको बारेमा जानकारी दिन यो कार्यक्रम ल्याएको महानगरले जनाएको छ। 

ललितपुर महानगरले बुधबार सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरी यो कार्यक्रम सुरुवात गरेको हो । 

उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीले विद्यालयको नजिक रहेका वा पायक पर्ने स्थानमा रहेका सम्पदाको सरसफाइ गर्ने, संरक्षण गर्ने काम गर्छन् । 

महानगरभित्रका ढुंगेधाराहरु, पाटी (फल्चा), बौद्ध विहारहरू, मठमन्दिर, बौद्धस्तुपा , प्रमुख पोखरीको संरक्षण र सरसफाइमा विद्यार्थी जुट्ने छन् । महानगर प्रमुख चिरीबाबु महर्जनले यो महानगरको ‘ड्रिम प्रोजेक्ट’ भएको बताए । 

विद्यार्थीको लागि यो पढाईको प्रयोगात्मक कक्षा भएको बताउँदै भने, ‘यो कार्यक्रम विद्यार्थीलाई जानकारी र संरक्षण दुवैको बारेमा ज्ञान दिन ल्याएका हौँ, आफूले संरक्षण गरेको कुराको माया लाग्छ, यसले जीवनपर्यन्त संरक्षणमा चासो र चिन्तन गर्न सहयोग गर्छ ।

यो कार्यक्रम महानगरभित्र २९ वटै वडामा सञ्चालन गरिएको शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमका अनुगमनका लागि पाँच सदस्यीय तीनवटा अनुगमन समितिको समेत गठन गरिएको छ । 

उक्त समितिले दिएको मुल्यांकन प्रतिवेदनका आधार संरक्षणमा उत्कृष्ट तवरले काम गर्ने विद्यालयलाई पुस २ गते महानगरको सातौँ स्थापना दिवसको अवसरमा पुरस्कृत गरिनेछ । 

नगर प्रमुख महर्जनले भने, ‘पुरस्कार प्रोत्साहन हो, यसले संरक्षणको काममा सक्रिय हुन प्रेरित गर्छ । ’ सरसफाइ क्रममा संकलन भएको फोहोरको वातावरण शाखाले तत्काल व्यवस्थापन गर्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ८ : ०२ बजे

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी