नेपाल र मलेसियाको टी-२० सिरिज : शनिबार दोस्रो खेल « Khabarhub

नेपाल र मलेसियाको टी-२० सिरिज : शनिबार दोस्रो खेल


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग टी-२० सिरिजको दोस्रो खेल शनिबार खेल्दैछ । बिहीबार भएको पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले शनिबार दोस्रो खेल खेल्न लागेको हो ।

मलेसियाको बायुमास ओभलमा बिहीबार सम्पन्न पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउँदा तीन रनले पराजित हुन पुगेको हो ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ ।

थप तीन खेल असोज १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिज अगाडि मलेसियामा केही अभ्यास खेल खेलेको थियो ।

नेपाली महिला टोली

इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ७ : १६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ