तलेजुको घोडा जात्रा सम्पन्न | Khabarhub Khabarhub

तलेजुको घोडा जात्रा सम्पन्न


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बडादशैँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेतो घोडा जात्रा सम्पन्न भएको छ ।

एकादशीको दिन आज बिहान पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाउने परम्परा रहेको संस्कृतविद् प्रकाश कायस्थले जानकारी दिए ।

बडादशैँको मध्यराति तलेजु आगम घर (मन्दिर)को खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलि पात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पायःद्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ ।

विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मायणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको तलेजुका मूल नाइके जोशीले जानकारी दिए ।

उनका अनुसार तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) ल्याएपछि पङ्क्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो तलेजुद्वारा मन्त्रसिद्धि प्रदान गर्ने र तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने प्रचलन रहेको छ ।

चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा जात्रा हुने परम्परा रहेअनुसार यसवर्ष माथिल्लो क्षेत्र दरबार स्क्वायरस्थित गोल्डेन गेटबाट बालाखु गणेश, भोलाछेँ, दत्तात्रय, सुकुलढोका, क्वाछें, तौमढी हुँदै दरबारस्क्वायरस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रमा र ढोग गरी दरबारस्क्वायर लगेर तलेजुको देवगृहमा प्रवेश गराएर जात्रा बिहानी पख सम्पन्न गरिएको जोशीले जानकारी दिए ।

बडादशैँको मध्यरातमा ऐतिहासिक एवं धार्मिक सांस्कृतिक महत्वको यो जात्रालाई खड्ग जात्रा भनेर चिनिने गरिएको उनको भनाइ छ ।

विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा सुरु हुने परम्परा छ ।

जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाए पछि तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याई भक्तपुर नगरमा डुलाएर घोडा जात्रा गर्ने गरिएको छ । जात्राको क्रममा ब्रह्मायणी र तलेजुलाई नगरको विभिन्न क्षेत्रका परिक्रमा गराउने क्रममा तलेजुको बाहन सेतो घोडालाई पछि परिक्रमा गराएर जात्रा मनाएको हो ।

ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ । (रासस)

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : ४८ बजे

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ