नालामा पर्खाल निर्माण नहुँदा विद्यालयका बालबालिका जोखिममा « Khabarhub

नालामा पर्खाल निर्माण नहुँदा विद्यालयका बालबालिका जोखिममा


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ वैशाखास्थित श्रीराम आधारभूत विद्यालयमा पर्खालको अभावमा उच्च जोखिममा रहेको छ । विद्यालय तीन तर्फबाट प्राकृतिक  नालाले घेरिएको छ । 

वर्षाका बेला नालामा पानी भरिँदा पूरै विद्यालय परिसर डुबानमा पर्ने गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विखलु चौधरीका अनुसार नालातर्फ पर्खाल र तटबन्ध नबन्दा विद्यार्थी नालामा खसेर दुर्घटनामा पर्ने जोखिम अत्यधिक छ । 

‘शिक्षकको सतर्कताले अहिलेसम्म जोगाइरहेका छौँ, तर कुन दिन दुर्घटना हुन्छ, भन्ने निश्चित छैन’, उनले भने, ‘वर्षात्मा नाला भरिँदा विद्यालय परिसर नै जलमग्न हुने गर्छ, त्यतिबेला पठनपाठन बन्द गरी विद्यार्थीलाई बिदा दिनुपर्ने बाध्यता हुन्छ ।’ नालाको कटानका कारण विद्यालयका भवनसमेत धसिँदै गएको र जीर्ण संरचनामै पढाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

विद्यालयमा रहेको हेण्डपम्पबाट आइरन र आर्सेनिकयुक्त पानी आउने गरेको छ । गहिरो ह्याण्डपम्प जडान गर्न आर्थिक अभावले नसकिएको अध्यक्ष चौधरीको भनाइ छ । ‘वडा कार्यालय र नगरपालिकामा पटक–पटक माग राख्दा पनि सुनुवाइ हुन सकेको छैन’, उनले गुनासो गरे।

विद्यालयमा हाल करिब १०० विद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थी मुक्त कमैया, मुक्त हलिया र शुक्लाफाँटा आरक्ष पीडित परिवारका हुन् । विपन्नता र जीविकोपार्जनका लागि भारतमा मजदुरी गर्न जाने बाध्यता भएकाले अभिभावकले विद्यालय पूर्वाधार निर्माणमा आर्थिक योगदान दिनसक्ने अवस्था छैन ।

हाल विद्यालयमा दुई शिक्षक, दुई बालविकास सहजकर्ता र एक परिचर कार्यरत छन् । कक्षा ३ सम्म मात्र पढाइ हुने यो विद्यालयलाई स्तरोन्नति गर्ने प्रयास भइरहेको समितिले जनाएको छ 

। स्थानीय सरोकारवाला निकायमा पटक–पटक माग पु¥याउँदा पनि सुनुवाइ नभएको भन्दै विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको जीवनरक्षा र पठनपाठन सहज बनाउन नालातर्फ पर्खाल तथा तटबन्ध तत्काल निर्माण गर्न आग्रह गरेको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १ : ०६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००