भक्तपुरमा पायःद्यो र तलेजु बाहन सेता घोडा जात्रा सम्पन्न « Khabarhub

भक्तपुरमा पायःद्यो र तलेजु बाहन सेता घोडा जात्रा सम्पन्न


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादसैँँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ ।

एकादशीको दिन शुक्रबार बिहान पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रूप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याइ जात्रा मनाउने परम्परा रहेको छ ।

खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुगेपछि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ ।

विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मायणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न हुने गरेको छ । 

पायःद्योलाई आफ्नो काँधमा बोकेर नगर परिक्रमा गर्दा नेपाली सेनाले सुरक्षा दिएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  २ : ४२ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले