मधेसमा छोरी शिक्षा बिमा कार्यक्रमलाई बजेट अभाव « Khabarhub

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रमलाई बजेट अभाव


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारले सात वर्ष अघि  ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजनाअन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ । 

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो । शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियकां यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताए। 

उक्त कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५-७६ मा पाँच हजार ६६६, आव २०७८-७९ मा एक हजार ७०२, आव २०७९-८० मा तीन हजार ३०२ र आव २०८०-८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।

कार्यक्रमअन्तर्गत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताए। एक जना छोरीको बिमा गर्दा ३७ हजार ४५७ प्रिमियम तिर्नुपर्छ । 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ३ : ५४ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो