कुलमानले भने- उज्यालो नेपाल पार्टीमा मेरो कुनै संलग्नता छैन « Khabarhub

कुलमानले भने- उज्यालो नेपाल पार्टीमा मेरो कुनै संलग्नता छैन


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् । 

घिसिङले सो पार्टी र उक्त पार्टीका अध्यक्षको हवला दिँदै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा आफूलाई प्रकाशन भएका सूचना र समाचारलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाए । 

उनले प्रचार गरिएको जस्तो उक्त पार्टीमा आफ्नो कुनै आवद्धताको बारेमा कुनै छलफल नै नभएको दाबी गरे । साथै उनले प्रचार गरिएजस्तो आफू जुम बैठकमा समेत सहभागी नहुने जानकारी गराएका छन् ।

मन्त्री घिसिङले आफ्नो फेशबुकमा लेखेका छन्, ‘उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु । मसँग कुनै छलफल/सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण पराउँदछु ।’
 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ४ : ४० बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै