कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह « Khabarhub

कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

डुम्रे– पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका  जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन् । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रुपमा अनुरोध गरेका हुन् । 

विभागका अनुसार भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमानबमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै संयुक्त रुपमा सूचना जारी गरी सार्वजनिक अपिल गरिएको छ । 

भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते) सम्म अत्यावश्यकबाहेक यात्रा नगर्नुहुन, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्नेगरी गर्नु हुन तथा रातको समयमा यात्रा नगर्नूहुन अनुरोध गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र गर्नुहुन अनुरोध गरिएको छ  ।

समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारिसाधन नचलाउन हुन पनि सूचनामा अनुरोध गरिएको छ । पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिनु हुन सम्पूर्ण यात्रु महानुभाव एवं सङ्घ–संस्थामा अपिल गरिएको प्रजिअ अधिकारीले बताए। 

सडकको अवस्थालगायत विषयमा गुनासो एवं थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी शरणकुमार बिक ९८५६०६२२५५, जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहाल ९८५१२२९८६० र जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ४ : ५२ बजे

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्यो

जुम्ला– राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल

फुङ्लिङ– जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २१ गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे