दुई समुदायबीच विवाद भएपछि जनकपुरको रुपैठामा निषेधाज्ञा « Khabarhub

दुई समुदायबीच विवाद भएपछि जनकपुरको रुपैठामा निषेधाज्ञा


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर धनुषा- जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई समुदायबीच तनाव बढेपछि निषेधाज्ञा जारी गरिएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आज रुपैठामा भएको हिन्दु र मुस्लिम समुदयबीचको झडपपछि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

आज साँझ ६ः३० बजेदेखि लागू हुनेगरी प्रशासनले रुपैठाको चारैतर्फ क्षेत्रलाई समेटेर कुनै पनि सभा, जुलुस, नाराबाजी, बैठक, सामूहिक कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद भएपछि सो क्षेत्र तनावग्रस्त भएको हो । आदेशअनुसार रुपैठाको पूर्व लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गँगुली पूलसम्म प्रदर्शन, भेला, नारा जुलुस गर्न पाइने छैन ।

गत महिना मात्र गणेश पूजापछि मूर्ति विसर्जनमा त्यहाँमा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको थियो । पुनः दुर्गाको मूर्ति विसर्जनमा अवरोध भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ९ : ४५ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव