पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम | Khabarhub Khabarhub

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम सञ्चालन गरिएको छ ।

पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवर्द्धनात्मक कार्यक्रममा निस्केको होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।

आन्तरिक पर्यटनको प्रवर्द्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

यसैबीच टोलीले लुम्बिनी प्रदेशको बुटवलमा पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का सहसंयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचीमा सूचिकृत बेगनासताल, रुपाताल लगायतका सात तालले पर्यटकीय सम्भावना बोकेको बताए ।

पोखरासहित लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यमा आउन उनले बुटवलका पर्यटन व्यवसायीसँग आग्रह गरे । पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको उनको भनाइ थियो ।

होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष कँडेलले पोखरा आएका पर्यटकलाई बुटवल पठाउने र बुटवल आएका पर्यटकलाई पोखरा पठाएर दुवै क्षेत्र लाभान्वित बन्ने धारणा राखे ।

होटल तथा रेष्टुरेन्ट एशोसिएसन रूपन्देहीका अध्यक्ष माधवकुमार खनालले पोखरासँग रूपन्देही पर्यटकीय साझेदारीका लागि तयार रहेको बताउँदै आफूहरूले बुटवलमा आएका पर्यटकलाई पोखरा पठाउने गरेको बताए ।

होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महासचिव सुरेश लामिछानेले तीन दिने प्रवर्द्धनात्मक कार्यक्रमका साथ सो टोली बर्दिया हुँदै सुर्खेतसम्म पुगी पर्यटन सम्बद्ध व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरी पोखरा फर्कने जानकारी दिए । छलफलमा बुटवल क्षेत्रका पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको उपस्थिति थियो । (रासस)

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : २४ बजे

कैलालीबाट दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

कैलाली – कैलालीमा दुई जना भारतीय नागरिक रु २८ लाखसहित

धादिङमा सवारी दुर्घटना: एक जनाको मृत्यु, एक घाइते

धादिङ- धादिङको थाक्रे गाउँपालिका–७ स्थित पृथ्वी लोकमार्गमा सवारी दुर्घटना हुँदा

झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस क्लब विजयी

झापा – शिवसताक्षी नगरपालिकास्थित दुधे रङ्गशालामा आजबाट सुरु भएको एलभिडी

देउसीभैलोबाट संकलित रकमले प्रहरीलाई मोटरसाइकल

कास्की – कास्की बैदामस्थित वडा प्रहरी कार्यालयले देउसीभैलो खेलेर जम्मा

माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलको नेतामा साह

काठमाडौँ- नेकपा (माओवादीकेन्द्र) को मधेश प्रदेशसभाको संसदीय दलको नेतामा पुनः