पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा… « Khabarhub

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा…


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको सो तीन दिने निःशुल्क आँखा शिविरमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिकाका र ढोरपाटन नगरबासी लाभान्वित भएका थिए ।

शिविरमा आँखा परीक्षणसँगै मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको थियो । परीक्षणका क्रममा मातियाविन्दु देखिएका ८५ जनाको शल्यक्रिया र परेला आँखाभित्र पसेका दुईजनाको उपचार गरिएको थियो । आँखामा जटिल समस्या भएका १३ जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ समेत गरिएको थियो ।

हिमालय आँखा अस्पताल पोखरामा सेवारत जलविन्दु विशेषज्ञ डा. अनिल पराजुली लगायतका चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले शिविरमा आँखा परीक्षण, उपचार र शल्यक्रिया गरेको थियो ।

निसीखोला–१ का कुमबहादुर मल्लले आफूलाई पायक पर्ने स्थानमा आँखा शिविर मार्फत् सेवा प्राप्त गर्न पाएकामा खुसी व्यक्त गरे । उनले भने, ‘आँखामा समस्या हुँदै आएको थियो । परीक्षण गराउँदा मोतियाबिन्दु भएको देखियो । शल्यक्रिया भयो । अहिले आँखाको ज्योति फर्किँदा यो भन्दा आनन्दको क्षण के होला ?’
लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजिन्द्र खत्रीका अनुसार शिविरमा चार सय ९५ जनालाई आवश्यकताका आधारमा चस्मा वितरण, ३२४ जनालाई औषधि वितरण अन्य आँखा जाँचसँगै आवश्यक परामर्श दिइएको थियो ।

दूर्गम भूगोल, आर्थिक समस्या र चेतनाको अभावका कारण आँखाको समस्या पालेर बसेका नागरिकको सहजताका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

उनले भने, ‘ग्रामीण भेगका नागरिकले आँखामा सामान्य समस्या भयो भने पोखरा, काठमाडौंका अस्पतालमा जानुपर्ने अवस्था छ, त्यसलाई मध्यनजर गरी लायन्स क्लबले निःशुल्क शिविर संयोजन गरेको हो, शिविरमा धेरै ठाउँमा वृद्धदेखि सबै उमेर समूहका नागरिक आएर सेवा लिनुभयो, यस्ता शिविर निरन्तर गर्दै जाने छौँ ।’ (रासस)

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : ५५ बजे

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी