आज २०८२ साल कात्तिक १७ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक १७ गते सोमबारको राशिफल


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १७ गते सोमबार। कात्तिक शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । आफ्नो मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ । परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

वृष : दिन सामान्य छ । साना कुराले झन्झट थपिनेछ । जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएको भए राम्रा काम बन्नेछन्। विपक्षी साथी कमजोर हुनेछन् । स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ ।

मिथुन : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने जोखिम छ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।

कर्कट  : दिन राम्रो छ । तपाईंको बोलीले साथी टाढा पुग्नसक्छन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारभित्र विश्वास बढाउन मिहिनेत गर्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : आज बनेको योजना दीर्घकालसम्म रहनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

कन्या : दिन राम्रो छ । बौद्धिक क्षेत्रको यात्रा तय हुनेछ । धार्मिक क्षेत्रको यात्राले मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवनमा तपाईंको जित हुनेछ । विपक्षीले पनि प्रशंसा गर्नेछन्।

तुला : दिन सामान्य छ । विरोधी साथीसँग सचेत बन्नुपर्नेछ । परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ । स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ । पुराना साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

वृश्चिक : दिन राम्रो छ । मनमा उत्साह थपिने छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा हरेक कुरामा फाइदा हुनेछ।

धनु : दिन सामान्य छ । हरेक क्रियाकलापमा अवरोध हुनसक्छ । काम गर्दा अग्रजको सुझाव लिनुपर्ने समय छ । औषधी नियमित नगर्नाले स्वास्थ्यमा समस्या आइपर्न सक्छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । विपक्षी भनेका साथीको साथ मिल्नेछ । शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने  छ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ ।

कुम्भ : दिन राम्रो छ । बोलीका कारण ठुलाठुला काम बन्नेछन्। मुखमा सरस्वतीको बास छ । स्वास्थ्यको उपचार हुनेछ । शिक्षाका क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । स्वदेशको भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ ।

मीन  : दिन राम्रो छ । संयुक्त लगानीबाट मात्र फाइदा हुनेछ । बौद्धिक व्यक्तिसँग परामर्श लिएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा ख्याल नगर्दा समस्या बढ्नेछ । औषधी नियमित गर्नुपर्ने दिन छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : २२ बजे

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष

१२ औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीकाे माग

चितवन– नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११