काठमाडौं – आज २०८२ साल कात्तिक १७ गते सोमबार। कात्तिक शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ । आफ्नो मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ । परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।
वृष : दिन सामान्य छ । साना कुराले झन्झट थपिनेछ । जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएको भए राम्रा काम बन्नेछन्। विपक्षी साथी कमजोर हुनेछन् । स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ ।
मिथुन : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने जोखिम छ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।
कर्कट : दिन राम्रो छ । तपाईंको बोलीले साथी टाढा पुग्नसक्छन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारभित्र विश्वास बढाउन मिहिनेत गर्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
सिंह : आज बनेको योजना दीर्घकालसम्म रहनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।
कन्या : दिन राम्रो छ । बौद्धिक क्षेत्रको यात्रा तय हुनेछ । धार्मिक क्षेत्रको यात्राले मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवनमा तपाईंको जित हुनेछ । विपक्षीले पनि प्रशंसा गर्नेछन्।
तुला : दिन सामान्य छ । विरोधी साथीसँग सचेत बन्नुपर्नेछ । परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ । स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ । पुराना साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ ।
वृश्चिक : दिन राम्रो छ । मनमा उत्साह थपिने छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा हरेक कुरामा फाइदा हुनेछ।
धनु : दिन सामान्य छ । हरेक क्रियाकलापमा अवरोध हुनसक्छ । काम गर्दा अग्रजको सुझाव लिनुपर्ने समय छ । औषधी नियमित नगर्नाले स्वास्थ्यमा समस्या आइपर्न सक्छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।
मकर : दिन राम्रो छ । विपक्षी भनेका साथीको साथ मिल्नेछ । शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ ।
कुम्भ : दिन राम्रो छ । बोलीका कारण ठुलाठुला काम बन्नेछन्। मुखमा सरस्वतीको बास छ । स्वास्थ्यको उपचार हुनेछ । शिक्षाका क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । स्वदेशको भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ ।
मीन : दिन राम्रो छ । संयुक्त लगानीबाट मात्र फाइदा हुनेछ । बौद्धिक व्यक्तिसँग परामर्श लिएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा ख्याल नगर्दा समस्या बढ्नेछ । औषधी नियमित गर्नुपर्ने दिन छ ।













प्रतिक्रिया