डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत « Khabarhub

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– मिर्गौलाको नियमित डायलाइसिस गराउँदै आएका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गरेका छन् । उनले जिल्लामै डाइलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको बताए । सो अस्पतालले हाल ६० जना मिर्गौला पीडितलाई नियमित डाइलाइसिस सेवा दिइरहेको छ ।

‘मिर्गौला रोगीको सङ्ख्या बढिरहेको छ, उपचार गर्ने उपकरण र जनशक्ति सीमित छ, पोखरामा डायलाइसिस गरिरहेको थिएँ, अहिले जिल्लाकै अस्पतालबाट सेवा पाएको छु, सेवाका कारण खर्च र समय दुबै बचेको छ, घरबाटै आउन जान सकिन्छ’, उनले भने, ‘अस्पतालले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवाले राहत मिलेको छ ।’

अस्पताल भवन र आवश्यक उपकरण थप भएमा अझै धेरै बिरामीको उपचार गर्न सकिने अस्पतालको भनाइ छ । पछिल्लो समय धौलागिरी प्रादेशिक अस्पतालमा मिर्गौला रोगीको सङ्ख्या बढ्न थालेको अस्पतालले जनाएको छ । एक वर्ष अघिसम्म डायलाइसिसको लागि पालो कुर्नुपर्ने बिरामी शून्य रहेपनि अहिले धेरै बिरामीले डायलाइसिस गराउन नाम टिपाउने गरेका छन् ।

अस्पतालले अधिकतम ६० जनालाई नियमित सेवा दिइरहेको छ । जनशक्ति र भवन थप गर्न सकेमा अझै बिरामीको सेवा दिन सकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले जानकारी दिए ।

अस्पतालले गत वर्षमात्रै डायलाइसिस सेवा विस्तार गरेपनि अहिले बिरामीको सङ्ख्या बढेर विभिन्न अस्पतालमा डायलाइसिस गरेर २६ जनाले यस अस्पतालमा पालो पर्खिरहेका छन् । अस्पतालमा मिर्गौलाका बिरामीलाई निःशुल्क उपचार दिन २०७५ सालमा दुई वटा मेशिनबाट सुरु भएको डायलाइसिस सेवा विस्तार गरी हाल ११ मेसिन थपिएपछि मिर्गौला पीडितलाई राहत मिलेको हो ।

अहिले अस्पतालमा चार चरणमा ६०  जना बिरामीले नियमित सेवा लिइराखेको अस्पतालले जनाएको छ ।

‘गत वर्ष मिर्गौलारोगीको प्रतीक्षा शून्य थियो, तर रोगीको सङ्ख्या वृद्धि भइरहेको छ, अस्पतालमा भौतिक संरचनाको अभाव छ भने उपकरण बढाएर ११ पुर्‍याउँदासमेत बिरामी थेग्न समस्या भइरहेको छ’, मेसु तिवारीले भने ।

डायलाइसिस कक्षमा मिर्गौलारोग विशेषज्ञको अभाव छ । तालिम प्राप्त स्टाफ नर्सको भरमा डायलाइसिस सेवा प्रदान गरिरहेको र आवश्यक पर्दा जनरल फिजिशियनले सहयोग गरिरहेको अस्पतालको भनाइ छ । अहिले आठ जना स्वास्थ्यकर्मी डायलाइसिस कक्षमा सेवा दिइरहेका छन् । अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेपछि डायलाइसिस सेवाका लागि विशेषज्ञ चिकित्सक, उपकरण र भौतिक संरचनाको अभाव देखिन थालेको हो । (रासस)

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : ०९ बजे

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले