देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा « Khabarhub

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ ।

विभिन्न पेसा व्यवसायमा आवद्ध ती युवाहरूले आफ्नो व्यस्त जीवनकाबीच पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

करिब ७० जना युवाको सक्रिय सहभागितामा गठित ‘बिहानी फुटबल क्लब’ले खेलकुदसँगै सामाजिक सेवामा पनि उत्कृष्ट योगदान दिइरहेको छ । उनीहरूले शहीद उद्यान, देउराली पार्कलगायतका स्थानमा दर्जनौँ राष्ट्रिय झण्डा राख्दै, ती झण्डाको नियमित हेरचाह र फेरबदल गर्ने काम निरन्तर गर्दै आएका छन् ।

क्लबका सचिव रिपेश भुजेलका अनुसार युवाहरू स्वतःस्फूर्त रुपमा रकम सङ्कलन गरेर सामाजिक काम गर्दै आएका छन् । त्योसँगै देउसी भैलो खेलेर सङ्कलित रकमबाट पनि सामाजिक काम गर्दै आएको भुजेलले जानकारी दिए । ‘हामी करिब ७० जना युवा मिलेर यहाँको सामाजिक काममा जुटेका छौँ’ सचिव भुजेलले भने, ‘यहाँका अधिकांश सामाजिक काममा हाम्रो संलग्नता छ । समाजमा केही उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ ।’

युवाहरूले हरेक वर्ष बजार क्षेत्रको सरसफाइदेखि डेङ्गी नियन्त्रणसम्मका अभियान सञ्चालन गर्दै आएका छन् । बजार क्षेत्रमा विषादी छर्ने, सरसफाइ सचेतना फैलाउने र सार्वजनिकस्थल सफा राख्ने काममा उनीहरूको अग्रणी भूमिका रहँदै आएको छ ।

सामाजिक उत्तरदायित्वलाई खेलकुदसँग जोड्दै अघि बढेको ‘बिहानी फुटबल क्लब’ अहिले भोजपुरको युवा शक्ति र एकताको प्रतीक बनेको छ । युवाको यो सामूहिक प्रयासले स्थानीय समाजमा सकारात्मक सोच, स्वच्छ वातावरण र एकताको भावना फैलाउँदै गएको स्थानीय जानकारको बुझाइ छ । (रासस)

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ४६ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज