प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने « Khabarhub

प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच एकता र ध्रुवीकरणका लागि सहमति भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष गोपाल किरातीबीच माओवादी नेतृत्वमा देशभक्त, समाजवादी र क्रान्तिकारी शक्तिलाई एउटै ध्रुवमा ल्याउने सहमति सार्वजनिक गरिएको हो।

सहमति पत्रमा नेपाली राजनीतिमा उत्पन्न जोखिमपूर्ण परिस्थितिलाई व्यवस्थापन गर्न जनयुद्धकालीन नीति– प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरणको भावनाअनुरूप क्रान्तिकारी शक्तिहरूबीच एकता अपरिहार्य भएको उल्लेख गरिएको छ।

सहमतिको पहिलो बुँदामा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीको वस्तुनिष्ठ समीक्षा गरी जनस्तरबाटै रूपान्तरण र नयाँ आधारमा नयाँ एकता निर्माण गर्ने निर्णय गरिएको छ।

दोस्रो बुँदामा गोपाल किरातीद्वारा प्रस्तुत देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रका अवधारणामाथि पार्टीभित्र व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने सहमति गरिएको छ।

तेस्रो बुँदाअनुसार गोपाल किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने निर्णय भएको छ।

सहमति पत्रमा देशभक्त, समाजवादी र पहिचानसम्बन्धी आन्दोलनबीच सहकार्य गर्दै नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता र सम्प्रभुताको रक्षा गर्न आह्वान गरिएको छ।

यसका साथै संविधानमा परिकल्पित समाजवादमुखी राज्यव्यवस्थाको कार्यान्वयन, भ्रष्ट नोकरशाही र दलाल पुँजीवादी शासन अन्त्यका लागि नयाँ पुस्ताका युवाहरूलाई पनि सक्रिय सहभागिताका लागि आव्हान गरिएको छ।

सहमतिमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को र किरातीको हस्ताक्षर रहेको छ। २०७५ मा माओवादी र एमालेबीच एकता भएर नेकपा बनेपछि किरातीले नयाँ पार्टी बनाएका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ५६ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो