असुरक्षित गर्भपतनले स्वास्थ्यमा समस्या  | Khabarhub Khabarhub

असुरक्षित गर्भपतनले स्वास्थ्यमा समस्या 


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या  बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सूचीकृत स्वास्थ्य संस्थामार्फत  सेवा लिएका थिए ।  सेवा लिएका मध्ये  २७ जना २० वर्ष मुनिका रहेको बताइएको छ । आर्थिक वर्ष २०८०–०८१ मा एक हजार १५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।

अर्कोतर्फ अझै पनि ‘लाज र डर’का कारण औषधि मार्फत ज्यान जोखिममा पारेर असुरक्षित गर्भपतन गराउने कायम रहेको छ । यस्ता सेवा लिनेमा किशोरी र सम्बन्धविच्छेद गरेका महिला समेत छन् ।  जिल्लाका १० स्थानीय तहका २६ स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने गर्दछन्  । ती मध्ये बागलुङमा ३, गलकोटमा चार, जैमिनीमा दुई, ढोरपाटनमा तीन, काठेखोलामा ७, निसीखोलाा दुई, तमानखोलामा एक, ताराखोलामा दुई, बडिगाडामा एक र बरेङको एउटा स्वास्थ्य संस्था छन् । असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण  सेवाग्राहीले सूचिकृत स्वास्थ्य सस्थाबाट गर्भपतन सेवा लिने जनाइएको छ ।

कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले चालु आर्थिक वर्षको तीन महिनामा १७२ जनाले सूचिकृत स्वास्थ्य सस्था मार्फत् गर्भपतन सेवा लिएको जानकारी दिए । उनका अनुसार जसमा २० वर्ष मुनिका ६ जना रहेका छन् ।

सूचिकृत स्वास्थ्य संस्थामा भन्दा अन्यत्र गर्भपतन सेवा लिने जिल्लामा कायमै रहेको जनाइएको छ । सूचना अधिकारी घिमिरेले भने, ‘कतिपयले आफ्नो स्वास्थ्य नै जोखिममा पर्ने गरी असुरक्षित गर्भपतन गराउने गरेका छन् ।  धेरै समस्या भएपछि सूचिकृत स्वास्थ्य सस्थामा आउने सेवाग्राही समेत हुन्छन् ।’

बुर्तिबाङ अस्पतालकी नर्सिङ अधिकृत निरीक्षक पार्वती अर्यालले सूचिकृत स्वास्थ्य संस्थामा दोहोरिएर गर्भपतन सेवा लिन आउनेको पनि सङ्ख्यामा वृद्धि भइरहेको जानकारी दिइन् । उनका अनुसार पछिल्लो समय परिवार व्यवस्थापनका लागि स्थायी तथा अस्थायी साधन प्रयोग नगर्दा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।

औषधि पसलमा जथाभावी पाइने गर्भपतनका अनधिकृत औषधि उपयोग गर्दा महिलाको ज्यान समेत जोखिममा पर्ने गरेको छ ।  औषधि व्यवस्था विभागले सूचीकृत गरेका औषधि पसलमा मात्र गर्भपतनका औषधि बिक्री गर्न पाइन्छ । तर अनधिकृत औषधि पसलमा यस्ता औषधि बिक्री वितरण नरोकिएको बताइएको छ ।

पटक पटक गर्भपतन गराउँदा स्वास्थ्यमा समस्या
बजारमा केही स्वास्थ्य संस्थाहरूले अनुमति नलिई असुरक्षित गर्भपतन गराउने र औषधि प्रयोग गर्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा असर पार्ने धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख डा. किरण तिवारीले जानकारी र्दिए । कतिपय महिलाले पटकपटक गर्भपतन गराउने जनाउँदै यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने उनको भनाइ छ ।

असुरक्षित गर्भपतन गराउँदा अधिक रक्तस्राव भएर ज्यानसमेत जान सक्ने चिकित्सक बताउँछन् । पटकपटक गर्भपतन हुँदा महिलाको शरीरमा रगतको कमी हुने र विभिन्न सङ्क्रमण हुनसक्ने जनाउँदै उनले पछि चाहँदा पनि गर्भ नरहे समस्या आउने बताए ।

प्रमुख डा. तिवारीले गर्भपतन गराउनुभन्दा  परिवार नियोजनका अस्थायी तथा स्थायी साधनको प्रयोग गर्नु उत्तम विकल्प रहेको सुझाव दिए ।

आफूखुसी गर्भपतनको औषधि खान नहुने जनाउँदै उनले गर्भपतन गराउनै परे सूचिकृत स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको सुझाव लिएर मात्रै गर्नुपर्ने बताए । (रासस)

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ११ : १८ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न