आठ वर्षपछि प्रचण्डकै पोल्टामा गोपाल किराती, ‘जनयुद्ध’कै शैलीमा भने- देशी-विदेशी प्रतिक्रियावादीलाई धुलोपिठो बनाउँछौँ « Khabarhub

आठ वर्षपछि प्रचण्डकै पोल्टामा गोपाल किराती, ‘जनयुद्ध’कै शैलीमा भने- देशी-विदेशी प्रतिक्रियावादीलाई धुलोपिठो बनाउँछौँ


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २०७४ साल मंसिरमा भएको चुनावको मुखमा नेकपा माओवादी केन्द्र छाडेका गोपाल किराती ८ वर्षपछि पुरानै बाटोमा आइपुगेका छन् ।

माओवादी केन्द्रका तत्काली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग चुनावी तालमेल तथा पार्टी एकता प्रक्रिया थालेपछि त्यसताकाका सचिवालय सदस्य किराती अर्को माओवादी पार्टी खोल्न हिँडेका थिए ।

२०५६ सालतिर तत्कालीन ‘जनयुद्ध’को समयमा किरात जनवादी वर्कर्स पार्टी खोलेर हिसांत्मक राजनीतिमा होमिएका किराती २०५७ सालदेखि माओवादीमा समाहित भएका थिए । त्यसबेला केही दर्जन बन्दुकसहित विद्रोह थालेका उनको विलयपछि माओवादीले पूर्वमा पकड बनाएको थियो ।

तर २०७४ सालमा एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालबीच एकीकरण प्रक्रिया चलेपछि किरातीले प्रचण्डसँग असन्तुष्टि जनाउँदै छुट्टै पार्टी खोल्ने बाटोमा हिँडेका थिए ।

वाम गठबन्धन र पार्टी एकता प्रक्रियाप्रति गम्भीर असहमति राखेका किरातीले नेकपा माओवादी केन्द्र पुनर्गठन कमिटीको नाममा अर्को पार्टी खोलेका थिए ।

कितीले शनिबार माओवादी केन्द्रको राजनीतिक प्रशिक्षण कार्यक्रम बहिष्कार गरेर विद्रोह थालेका थिए। उनले त्यसबेला माओवादी केन्द्रलाई ‘प्रचण्ड समूह’को संज्ञा दिएका थिए ।

पुनर्गठित माओवादीमा उनै किराती चाँडै अल्पमतमा परे । पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष किरातीले अल्पमतमा परेपछि २०७७ सालमा पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए ।

उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष तिलक थापामगरलाई पार्टी अध्यक्ष बनाइएको थियो। त्यसपछि किरातीले देशभक्त समाजवादी मोर्चा बनाए । उनले त्यसका लागि ‘देशभक्त समाजवादी यात्रा’ गरे ।

त्यसबेला उनले ‘आदिवासी पहिचान विरोधी मण्डले प्रदेशहरु खारेज गरौँ संविधान पुनर्लेखन कार्यसूचीको जनविद्रोहको तयारीमा जुटौँ’ भन्ने नारा लगाए ।

‘खसानदेखि थरुवान, मगरात, तमुवान, ताम्सालिङ नेवाः, किरात लिम्बुवान हुँदै कोचिलासम्मको आदिवासी जनताको सार्वभौम पहिचान निषेध गरेर मण्डले प्रदेश नामाकरण अपराध गरिरहेका छन् । समानता, स्वतन्त्रता र बन्धुभाव खातिर संगठित विद्रोहको झण्डा उठाउन आदिवासी र प्रगतिशीलहरु तयार छन् ?’ यदि तयार हो भने समाजवादी राज्यव्यवस्था स्थापनार्थ संविधानको समाजवादी पुनर्लेखन कार्यसूचीमा सम्वाद गरौँ उनले त्यसबेला भनेका थिए ।

त्यसयता सानातिना गतिविधि गर्दै गुमनाम जस्तै बसेका उनी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ दल मिलेर नयाँ पार्टी बन्ने भएपछि जोडिएका छन् ।

प्रचण्डसँग रिसाएर माओवादी छाडेका उनले अन्तत: सोमबार उनै प्रचण्डसँग सम्झौता गरेका छन् । जातीय राजनीतिबाट उदाएका किराती माओवादीको वर्ग संघर्षमा जोडिएर पूर्वको माझ किरात र लिम्बुवान प्रखर नेताका रुपमा परिचित भएका थिए।

प्रचण्डको साथ छाडेर आफैं क्रान्ति गर्न हिँडेका किराती अन्तत: आठ वर्षपछि घुमिफिरी रुम्जाटार शैलीमा पुरानै ठाउँ आइपुगेका छन्।

उनले सोमबार काठमाडौंमा प्रचण्डसँग एकता गर्दै प्रचण्डलाई लाल सलाम गरे । उनले हिजोको सशस्त्र संघर्षकै भाषामा नेपाली क्रान्ति पूरा गर्ने, प्रतिक्रियावादीसँग लड्ने बताए ।

‘नेपाली क्रान्ति सम्पन्न गरेरै छोड्छौँ, समाजवादीक्रान्ति सम्पन्न गरेरै छोड्छौँ’, उनले भने, ‘विदेशी र स्वदेशी प्रतिक्रियावादी दलालहरूलाई धुलोपिठो पारेरै छोड्छौँ ।’

उता उनैसँग किरात वर्कर्सबाट माओवादीमा जोडिएका सुदन किरातीहरू भने माओवादी छाड्ने अवस्थामा पुगेका छन् । सुदनसहित नेता जनार्दन शर्माहरूको ठूलो पंक्ति माओवादी छाड्न तयार भएर बसेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ११ : ४७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग