तनहुँमा दुई जनामा मलेरिया सङ्क्रमण | Khabarhub Khabarhub

तनहुँमा दुई जनामा मलेरिया सङ्क्रमण


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो । 

शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । 

प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा, रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा पुगेर उक्त रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेको कँडेलले बताए। 

उनले भने, ‘शान्ति सेनाबाट फर्किएपश्चात् परीक्षण गर्दा मलेरियाको सङ्क्रमण पुष्टि भएको थियो । औषधि उपचारपश्चात् हाल उनी सन्चो हुनुभएको छ ।’ यसअघि गत साउन महिनामा बन्दीपुरका एक व्यक्तिमा मलेरियाको पहिलो सङ्क्रमण देखिएको थियो । 

मलेरिया एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट हुने रोग हो । ज्वरो आउनु, टाउको दुख्नु, धेरै थकान हुनु, पसिना धेरै आउनु यस रोगका लक्षण हुन् । 
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : १४ बजे

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद

कैलालीमा ३७ दिनमा एक हजार ८४४ मतदाता थपिए

सुदूरपश्चिम– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता

पुरानै घर फर्किने तयारीमा रामकुमारी, भन्छिन् : अध्यक्ष ओलीसँग कुरा भयो, प्रभावित छौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पुरानै