झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा « Khabarhub

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत आज सम्पन्न खेलमा जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलअन्तरले पराजित ग¥यो । पहिलो हाफमै दुई गोल गर्दै आर्मीले खेलमा स्पष्ट अग्रता बनाएको थियो । आर्मीका लागि पहिलो गोल दिनेश योञ्जनको पासमा नवीन लामाले गरे ।

त्यसपछि मध्यान्तरअगावै नवयुग श्रेष्ठले अर्को गोल थप्दै टोलीलाई २–० को अग्रता दिलाए । दोस्रो हाफको अन्त्यतिर ‘फ्रिकिक’मार्फत जर्ज प्रिन्स कार्कीले तेस्रो गोल गरेपछि आर्मीको जित सुनिश्चित भयो ।

प्रतियोगिताको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ सहभागी छन् । यस्तै, भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीले पनि सहभागिता जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक झापा–११ र भारतको सिक्किमस्थित सिङलिङ स्पोर्टिङ क्लबबीच खेल हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १० : ३८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका