नेपाल र सिसीलीबीचको मानवीय सम्बन्धको फोटोग्राफिक संवाद « Khabarhub

नेपाल र सिसीलीबीचको मानवीय सम्बन्धको फोटोग्राफिक संवाद


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डको आँगन सोमबार बिहान सिसीली र नेपालको कथा एकै ठाउँमा जोडिएको दृश्यले रंगियो । ‘दुई देशको कथा: नेपालले सिसीलीलाई भेट्छ ।’ 

शीर्षकको फोटोग्राफी प्रदर्शनीले दुई फरक भू-भागबीचको सांस्कृतिक आत्मीयता र साझा मानव अनुभवलाई एकै फ्रेममा बाँध्ने प्रयास गरेको हो ।

यो प्रदर्शनी इटालीकी फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्टेको परियोजना हो । 

तीन दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन नेपाल पर्यटन बोर्डले आयोजना गरेको समारोहमा अग्रज फोटो पत्रकार गोपाल चित्रकारले गरे ।

भ्यालेन्टिना सिसीलीकी हुन्, तर नेपाल उनको दोस्रो घरजस्तै भइसकेको महसुस गर्छिन् । पहिलो पटक नेपाल आइपुग्दा उनलाई आफ्नै गाउँ सम्झना आयो। 

‘नेपालका गाउँ र मानिसहरू हेर्दा मलाई मेरो सिसिलीका गाउँ सम्झिए। यहाँको आत्मीयता, सरलता र समुदायको न्यानोपन मलाई घरको महसुस गरायो,’ उनले भनिन् । 

त्यही अपनत्वले उनलाई नेपाल र सिसिलीबीचको समानता फोटोग्राफीमार्फत देखाउने प्रेरणा दियो ।

‘मेरो देशका मानिसहरू नेपालबारे थोरै मात्र जान्थे- प्रायः हिमालका समाचार मात्र। म चाहन्थेँ उनीहरूले यहाँका मानिस र संस्कृतिको सुन्दरता पनि बुझुन्,’ उनी भन्छिन्। ‘त्यसरी नै म सिसिलीका सुन्दर पक्षहरू पनि नेपालमा देखाउन चाहन्छु। माफियाको छविभन्दा टाढा, सिसिली पनि प्रेम, कला र समुदायको भूमि हो।’

फोटोग्राफीमार्फत उनी दुई संस्कृताबीच ‘पुल’ बनाउन खोज्छिन् । ‘फोटोले भाषा नबोली पनि कुरा गर्छ,’ उनले भनिन् । ‘यो मानिसहरूलाई जोड्ने सबैभन्दा सरल तरिका हो। तर हामीले ख्याल राख्नुपर्छ कि हामी कुनै ठाउँको कथा एकै दृष्टिकोणबाट मात्र नदेखाऊँ, बरु उसको विविधता पनि बुझाऊँ।’

नेपालका उत्सव, जात्रा र पारिवारिक सम्बन्धहरूले उनलाई सिसीलीको समाजसँगको समानता देखाए । ‘यहाँका मानिसहरूको आतिथ्य म सिसीलीका मानिसहरूमा पनि देख्छु । सबैले तपाईँलाई खुवाउन खोज्छन्, तपाईँ ठिक हुनुहुन्छ कि छैन भनेर सोध्छन्  यो प्रेम र माया नै दुवै ठाउँको साझा भावना हो,’ उनी हाँस्दै भन्छिन् ।

भ्यालेन्टिनाका तस्बिरहरूमा सिसिलीको समुद्र र नेपालका पहाडहरूबीचको भावनात्मक साम्यता झल्किन्छ। उनी भन्छिन्, ‘म चाहन्छु, मेरा तस्बिरहरूले दर्शकमा जिज्ञासा, शान्ति र खुसीको भावना जगाओस्।’

फोटोग्राफी उनको लागि केवल कलात्मक अभ्यास होइन, सांस्कृतिक आदान–प्रदानको माध्यम हो । 

‘पहिलो पटक नेपाल आउँदा सबथोक नयाँ थियो, तर हरेक पटक फर्कँदा म यहाँका मानिसहरूलाई अझ गहिरो रूपमा बुझ्दै गएँ,’ उनी भन्छिन् । ‘अब मेरा तस्बिरहरूमा त्यो आत्मीयता, त्यो सम्बन्ध झल्किन्छ।’

नेपाल पर्यटन बोर्डमा आयोजित प्रदर्शनी नोभेम्बर ३ देखि ५ (कात्तिक १७–१९) सम्म, बिहान १० बजेदेखि दिउँसो ३:३० बजेसम्म खुला रहनेछ। दुई भूभागका कथाहरूलाई एउटै दृश्यमा बाँध्ने भ्यालेन्टिनाको उद्देश्य सरल छ । ‘दुई देशबीच पुल बनाउने’ ।

‘यदि मलाई यो प्रदर्शनीलाई एउटा शब्दमा भन्नुपर्‍यो भने म भन्छु ‘पुल’। संस्कृतिहरू, मानिसहरू र कथाहरूलाई जोड्ने पुल,’ उनले मुस्कुराउँदै भनिन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  २ : ४६ बजे

सन्दीप लामिछानेले लिए जनकपुरको चौथो विकेट

काठमाडौं– विराटनगरका कप्तान सन्दीप लामिछानेले जनकपुरको चौथो विकेट लिएका छन्

काँक्रेबिहारको जंगलमा झुन्डिएको अवस्थामा भेटिए किशोर-किशोरी

काठमाडौं- सुर्खेतमा एउटै रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा किशोर-किशोरी

बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित

भलबारी– दुई दशकदेखि नेपाल आयल निगमको ट्यांकर चलाउँदै आएका दामोदर

बलिउड अभिनेता धर्मेन्द्रको निधन

मुम्बई- बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको सोमबार निधन भएको छ। यो

एमाले महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवार शुल्क नै १० हजार

नुवाकोट– नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि