शंकर पोखरेल भन्छन्- जनता कसको पक्षमा छन् भन्‍ने एमालेले चाँडै देखाउँछ « Khabarhub

शंकर पोखरेल भन्छन्- जनता कसको पक्षमा छन् भन्‍ने एमालेले चाँडै देखाउँछ


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता कसको पक्षमा छन् भन्ने कुरा चाँडै देखाइदिने बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मंसिर २७, २८ र २९ गते एमालेले काठमाडौंमा ११ औँ महाधिवेशन गर्न लागेको बताए ।

उनले महाधिवेशनको उद्घाटन कार्यक्रममा इतिहासकै सबैभन्दा ठूलो सभा गर्ने घोषणा गरेका छन् ।

‘जनता प्रमुख दलबाट विमुख भएका छन् भनेर निर्माण गरिएको भाष्य गलत सावित गर्ने हिसाबले कात्तिक २२ गते हामी देशैभर सबै वडामा एकसाथ जनभेला गर्दै छौँ’, उनले भने, ‘२५ गते पालिका–पालिकामा जनर्‍याली गर्दैछौँ । २९ गते जिल्ला–जिल्लामा जनसभा हुन्छन् । काठमाडौं उपत्यकाको हकमा मंसिर ६ गते उपत्यकास्तरीय र्‍याली र सभा आयोजना गर्दै छौँ ।’

उनले मंसिर २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनासभा काठमाडौंमा आयोजना गरिने बताए । ‘हामी देखाउन चाहन्छौँ जनता कसको साथमा छन्, जनता कहिल्यै पनि हत्या, हिंसाको साथमा हुँदैनन्’, उनले भने ।

युवाहरू हरेक राजनीतिक दलमा जोडिएका बताउँदै सबैभन्दा धेरै नवपुस्ता एमालेसँग भएको उनले उल्लेख गरे ।

एमाले तीन पुस्ताको संयोजनबाट बनेको पार्टी भएको बताउँदै उनले महाधिवेशनमा आउने प्रतिनिधिमा युवाको क्लष्टर नै तोकेको स्पष्ट पारे।

युवाहरूको लागि सबैभन्दा बढी काम गर्ने पार्टी नेकपा एमाले नै भएको उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ३ : २२ बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र